१५ माघ २०८२, बिहिबार | January 29, 2026

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध



रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन् । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताए । रुकुम पूर्वतर्फको तीन किलोमिटर सडकमा परेको हिउँ पन्छ्याइरहेको उनले बताए ।

बागलुङले पनि आफ्नो क्षेत्रमा परेको हिउँ पन्छाएर सकिएमा मात्र सडक सञ्चालन हुने प्रनाउ यादवले बताए । काठमाडौंबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिमपातका कारण पातिहाल्नामा फस्दा यात्रुलाई बुधबार उद्धार गरेर रुकुम पूर्व ल्याइएको थियो भने कतिपयलाई बागलुङको बुर्तिबाङ लगिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  १ : ५१ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको