६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु



बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता-२०८२’ आजदेखि सुरु भएको छ । न्यू होराइजन स्पोर्ट्स क्लब, बुटवलको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले गरेकी हुन् ।

न्यू होराइजन स्पोर्ट्स क्लबको खेलमैदान, बुटवल-११ स्थित देवसिद्ध चोकमा सुरु भएको प्रतियोगिताको पहिलो दिन ६ खेल सम्पन्न भएका छन् । उद्घाटन समारोहमा बोल्दै उपप्रमुख अर्यालले विद्यालयस्तरमै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण रहेको बताइन् ।

पहिलो दिनको खेल परिणामअनुसार, पहिलो खेलमा होराइजन जी.भी.एस. माध्यमिक विद्यालय ड्राइभरटोल र एभरेष्ट माध्यमिक विद्यालय बुटवलबीच भएको प्रतिस्पर्धामा एभरेष्ट माध्यमिक विद्यालयले २५-२३ र २५-१५ को सोझो सेटमा जित निकाल्यो ।

दोस्रो खेलमा न्यू होराइजन माध्यमिक विद्यालय र त्रिभुवन युनाइटेड माध्यमिक विद्यालयबीच भएको खेलमा न्यू होराइजनले २५-११ र २५-१९ को सोझो सेटमा विजय हासिल गर्‍यो । त्यस्तै, तेस्रो खेलमा सैनामैना माध्यमिक विद्यालय रानिबगिया र मणिमुकुन्द माध्यमिक विद्यालयबीच भएको खेलमा १९-२५, २६-२४ र १६-१४ को सेटमा सैनामैना माध्यमिक विद्यालय विजयी भयो ।

आजै भएको अर्को खेलमा कालिका मानवज्ञान माध्यमिक विद्यालय र नयाँगाउँ माध्यमिक विद्यालयबीचको खेलमा २३-२५, २५-१३ र १५-१२ को सेटमा नयाँगाउँ माध्यमिक विद्यालयले जित हात पार्‍यो । लिलाराम न्यौपाने माध्यमिक विद्यालय भैरहवा र शान्ति नमुना माध्यमिक विद्यालय मणिग्रामबीच भएको खेलमा २५-२०, १७-२५ र १३-१५ को सेटमा शान्ति नमुना माध्यमिक विद्यालय विजयी भएको खेल संयोजक नरेन्द्रकुमार सारुले जानकारी दिए ।

पहिलो दिनको अन्तिम खेलमा ग्रिन प्लान्ट माध्यमिक विद्यालय देवदह र काशी नोवेल माध्यमिक विद्यालय भैरहवाबीच भएको प्रतिस्पर्धामा ग्रिन प्लान्ट माध्यमिक विद्यालयले २५-२३ र २५-१४ को सोझो सेटमा जित निकाल्यो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँ, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना हुने टिमले १० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । न्यू होराइजन स्पोर्ट्स क्लबका अध्यक्ष चेतनबहादुर उचै ठकुरीका अनुसार प्रतियोगितामा करिब ४ लाख ७२ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ ।

साथै प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर र बेस्ट कोचलाई नगदसहित सम्मान गरिनेछ । अनुशासित खेलाडी र उदीयमान खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिने संयोजक सारुले बताए ।

प्रतियोगितामा सैनामैना माध्यमिक विद्यालय रानिबगिया, नयाँगाउँ माध्यमिक विद्यालय बुटवल, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय, त्रिभुवन युनाइटेड माध्यमिक विद्यालय, दीप बोर्डिङ हाई स्कुल, एभरेष्ट माध्यमिक विद्यालय, कालिका मानवज्ञान माध्यमिक विद्यालय, मणिमुकुन्द माध्यमिक विद्यालय, न्यू होराइजन माध्यमिक विद्यालय, होराइजन जी.भी.एस. माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय डिंगरनगर, ग्रिन प्लान्ट माध्यमिक विद्यालय देवदह, काशी नोवेल माध्यमिक विद्यालय भैरहवा, शान्ति नमुना माध्यमिक विद्यालय मणिग्राम तथा लिलाराम न्यौपाने माध्यमिक विद्यालय भैरहवाको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला भलिबल संघ, रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, नगर खेलकुद विकास समिति बुटवलका अध्यक्ष बोनिन पिया, तथा न्यू होराइजन स्कुलका प्राचार्य एवं स्पोर्ट्स क्लबका संरक्षक लोकनाथ उपाध्याय विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव लिला खनालले गरेका थिए भने स्वागत मन्तव्य क्लबका सदस्य मिलन रानाले व्यक्त गरेका थिए ।

आयोजकका अनुसार न्यू होराइजन स्कुल शिक्षण क्रियाकलापसँगै खेलकुद क्षेत्रमा पनि सक्रिय रहँदै आएको छ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिँदै आएको क्लबले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ८ : ०९ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना