६ आश्विन २०८३, मंगलबार | September 23, 2026

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न



काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला गराउने र उनीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ गत २३ जनवरी २०२६ मा ‘एलुम्नाई मिट तथा नेटवर्किङ सेसन २०२६’ भव्य रूपमा आयोजना गरेको छ।

कार्यक्रमको औपचारिक सुरुवात टीकेजीका कन्ट्री डाइरेक्टर अरुण कुमार कँडेलको स्वागत मन्तव्यबाट भएको थियो, उनले सशक्त र एकीकृत नेपाली एलुम्नाई समुदाय निर्माणको आवश्यकतामा जोड दिए।
कार्यक्रममा कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले सञ्चालन गरेको“टुगेदर वि आर स्ट्रङ्गर” शीर्षकको विशेष सत्र र ऊर्जाशील सांस्कृतिक नृत्य प्रस्तुतिले सहभागीहरूमा उत्साह थपेको थियो।

त्यस्तै, पूर्व विद्यार्थीहरू आशिष आचार्य र योङ जिन होङले प्रेरणादायी की–नोट मन्तव्य दिँदै आफ्ना व्यावसायिक यात्रा र सफलताका अनुभवहरू साझा गरे। औपचारिक सत्रलाई सम्बोधन गर्दै कलेजका आईटी सल्लाहकार जोन पार्क ९पूर्व प्रोडक्ट हेड(गुगल० ले पेशागत नेटवर्कको महत्त्व दर्शाए।

कार्यक्रमको समापन गर्दै द ब्रिटिश कलेजका सीईओ राजन कँडेलले कलेजले हालसम्म ३ हजारभन्दा बढी विश्वस्तरीय जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै संस्थाको भविष्य निर्माणमा पूर्वविद्यार्थीहरूको भूमिका निर्णायक हुने बताए। उनले नयाँ एलुम्नाई एसोसिएसन गठनका लागि दर्ता भई सक्रिय सहभागी हुन सबैलाई आग्रह गर्दै, यसले मेन्टरसिप र व्यावसायिक अवसर सिर्जनामा ठुलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा पुराना सम्झनालाई समेटिएका विभिन्न भिडियो प्रदर्शन, सांस्कृतिक नृत्य प्रस्तुतिहरू तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको थियो।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ८ : १८ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै