७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन अघि पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने बताएका छन् । काठमाडौं-४ मा शनिबार आयोजित चुनाव लक्षित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले अब उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सन प्रणाली लागू गर्ने स्पष्ट पारे ।

सभापति थापाका अनुसार आगामी निर्वाचनका लागि उम्मेदवार वडास्तरमै प्राइमरीमार्फत चयन गरिने व्यवस्था गरिनेछ ।
“अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,” उनले भने, “नेपाली कांग्रेसको नयाँ अधिवेशनपछि पार्टीभित्र चुनावका उम्मेदवारको टिकट प्राइमरीबाट वडाका साथीहरूले नै छान्नुहुन्छ ।”

उनले यस व्यवस्थाले पार्टीभित्र पारदर्शिता, सहभागिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । साथै, उम्मेदवारको टिकट लिनका लागि पार्टी नेतृत्वको घर धाउनु पर्ने पुरानो अभ्यास अन्त्य हुने दाबी पनि गरे ।

“अब कसैले पनि पार्टी सभापतिको घर धाउनु पर्दैन, कसैले पनि पार्टी महामन्त्रीको घर धाउनु पर्दैन,” थापाले भने, “टिकट पाउने-नपाउने निर्णय तल्लो तहबाटै हुन्छ ।”

सभापति थापाले नेपाली कांग्रेसभित्र लामो समयदेखि चर्चामा रहेको गुटबन्दी र ६०-४० को भागबण्डा प्रणाली समाप्त भएको पनि दाबी गरे ।
“यो पार्टीमा अब कुनै गुट छैन,” उनले भने, “हिजोको जस्तो ६०-४० को भागबण्डा पनि सकिएको छ । यहाँ कुनै भागबण्डा छैन ।”

उनका अनुसार कांग्रेसले अब पार्टीभित्र मात्र होइन, बाह्य राजनीतिक सहकार्यमा समेत भागबण्डाको राजनीति नगर्ने नीति लिएको छ । “सबैलाई समान व्यवहार गर्ने गरी पार्टी सञ्चालन हुन्छ,” सभापति थापाले जोड दिए ।

कार्यक्रममा उनले कांग्रेसलाई आधुनिक, लोकतान्त्रिक र जनउत्तरदायी पार्टीका रूपमा पुनः स्थापित गर्न संगठनात्मक सुधारलाई तीव्रता दिइने पनि उल्लेख गरे ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ११ : ३६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज