१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

घोषणापत्रमा ‘भिजन-१०’ समेट्दै कांग्रेस, सुशासन र कार्यान्वयन योग्य योजनामा जोड



काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने चुनावी घोषणापत्रमा ‘भिजन-१०’ समेट्ने भएको छ । पार्टीले घोषणापत्रलाई केवल नारा र प्रतिबद्धतामा सीमित नराखी देशको यथार्थ अवस्थालाई सम्बोधन गर्ने, सुशासन, विकास र व्यवहारिक कार्ययोजनामा केन्द्रित बनाउने तयारी गरेको जनाएको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले घोषणापत्रले वर्तमान चुनौती र आगामी १० वर्षको स्पष्ट दिशालाई एकसाथ समेट्ने बताए । उनले घोषणापत्रमा प्रस्तुत गरिने कार्यक्रमहरू कार्यान्वयन योग्य हुने र त्यसका लागि आवश्यक स्रोत, साधन तथा उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने जानकारी दिए ।

“घोषणापत्रमा कार्यक्रम मात्र होइन, ती कार्यक्रम कसरी कार्यान्वयन गर्ने, स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि स्पष्ट हुन्छ,” प्रवक्ता चालिसेले भने, “कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र विश्वसनीयतामा आधारित घोषणापत्र ल्याउँछ ।”

प्रवक्ता चालिसेका अनुसार घोषणापत्र निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हाल पार्टीले देशभरका जिल्ला-जिल्लाबाट सुझाव संकलन गरिरहेको र स्थानीय तह, क्षेत्र तथा जिल्लाबाट प्राप्त सुझावलाई एकीकृत गरी राष्ट्रिय आवश्यकतासँग जोडिने छ । घोषणापत्रले सबै वर्ग, क्षेत्र र समुदायको भावना समेट्ने प्रयास गर्ने उनको भनाइ छ ।

उनले कांग्रेसको घोषणापत्रले स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका प्रस्तुत गर्ने दाबी गर्दै जनतासामु विश्वासयोग्य विकल्प लिएर पार्टी चुनावी मैदानमा उत्रिने बताए ।

यस अवसरमा प्रवक्ता चालिसेले ‘न्यु टेस्ट’ का नाममा देशलाई प्रयोगशाला बनाउन नहुने चेतावनी पनि दिए । जनताबाट अनुमोदन प्राप्त राजनीतिक संस्था कहिल्यै पुरानो नहुने उल्लेख गर्दै उनले व्यक्तिहरू मात्र समयसँगै पुराना हुने धारणा राखे ।

“पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो,” उनले भने, “विश्वभर पुराना पार्टीहरूभित्र नयाँ नेतृत्व आउने गर्छ र त्यही प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ ।”

लोकतान्त्रिक अभ्यासमा नागरिकको मत निर्णायक हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने बताए । “नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्छ,” उनले भने, “कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएको छ ।”

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ६ : १४ बजे

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल