१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन



काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रिफर (प्रेषण) नगर्न निर्देशन दिएको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक रिफर नगर्न अस्पताललाई निर्देशन दिइएको बताए ।

बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको हो । “सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा पर्याप्त सेवा हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गर्नुपर्नेमा स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रूपमा प्रेषण गरेको पाइएकाले त्यस्तो नगर्नुहुन अनुरोध छ”, परिपत्रमा भनिएको छ ।

बोर्डले सेवा उपलब्ध गराउन नसक्ने भएमा प्रेषण पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा पठाउन निर्देशन दिएको छ ।

यस्तै, अनावश्यक प्रेषण गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजु गर्दा त्यस्तो सोध भर्ना नगरिनाका साथै त्यस्ता स्वास्थ्य संस्थाको स्वास्थ्य बिमा नियमावली २०७५ अनुसूची ८ को ४ (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुने भनि सूचित गरिएको बोर्डका सूचना अधिकारी मल्लले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ६ : २८ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी