१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई



बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालय जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजक न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलले जितेको छ ।

न्यू होराइजन स्पोर्टस् क्लबको आयोजनामा माघ १५ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको थियो । फाइनलमा न्यू होराइजनले कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवललाई शून्यका विरुद्ध तीनको सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

न्यू होराइजनले पहिलो सेट २५-२०, दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-१९ को स्पष्ट जित निकालेको थियो । उपाधिसँगै न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलले नगद ४० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलले नगद ३० हजार रुपैयाँ प्राप्त गर्दा तेस्रो स्थान हासिल गरेको कान्ति माध्यमिक विद्यालय बुटवलले नगद २० हजार रुपैयाँ र सान्त्वना स्थानमा रहेको सैनामैना माध्यमिक विद्यालय सैनामैनाले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । सबै टिमलाई कप, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

व्यक्तिगत विधातर्फ न्यू होराइजनका खेलाडी अनिष थापा बेस्ट प्लेयर, आयुष थापा बेस्ट डिफेन्स, अक्षय मल्लाह बेस्ट ब्लकर र जगदीश वझा बेस्ट सेटर घोषित भए । यस्तै, प्रदीपकुमार चौधरी बेस्ट कोच घोषित हुँदा कालिका मानवज्ञान माध्यमिक विद्यालयका रमन सिंजाली उदीयमान खेलाडी घोषित भएका छन् ।

विजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलका प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्यद्वय वासुदेव अर्याल र राजीव श्रेष्ठ, न्यू होराइजन स्पोर्टस् क्लबका अध्यक्ष चेतन उचै ठकुरी, संस्थापक अध्यक्ष प्रकाश खनाल, उपाध्यक्ष बालकृष्ण बस्याल, प्रतियोगिता संयोजक नरेन्द्र कुमार सारु, क्लब सदस्य मिलन राना लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई वार्षिक नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिँदै पर्याप्त बजेट विनियोजन गर्दै आएको बताए ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिइएको उल्लेख गर्दै संस्थामा हाल १७ विधाका खेल प्रशिक्षकमार्फत नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन हुँदै आएको जानकारी दिए ।

कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्ने संघ-संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो । साथै काभा महिला भलिबल प्रतियोगितामा सहभागी न्यू होराइजनकी खेलाडी प्रतिभा चौधरीलाई समेत विशेष सम्मान गरिएको थियो ।

प्रतियोगितामा जिल्लाका ९ वटा संस्थागत र ७ वटा सामुदायिक विद्यालय गरी कुल १६ टिमको सहभागिता रहेको थियो । न्यू होराइजन स्पोर्टस् क्लबले हरेक वर्ष पालैपालो छात्र तथा छात्रा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : ३२ बजे

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ