१७ माघ २०८२, शनिबार | January 31, 2026

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार



नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपाल, बाँके शाखाले सेन्टरको २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनलाई वर्ष २०८२ को कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको हो ।

वरिष्ठ पत्रकार पिटरलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव मानबहादुर विक, केन्द्रीय सदस्य सिराज खान र पूर्वकेन्द्रीय सदस्य डा डक्टप्रसाद धितालले संयुक्त रूपमा रु ३० हजार राशिको पुरस्कार हस्तान्तरण गरे ।

पत्रकार पिटरले सेन्टरले आफूलाई सम्मान गरेर ठूलो जिम्मेवारीको भारी बोकाएको बताउँदै स्व कृष्णसेन इच्छुकसँग बिताएका समय र अनुभवहरू स्मरण गरे । उनले जनपक्षीय पत्रकारिता अझै पनि जसरी हुनुपर्नेमा त्यसरी नभएको भन्दै उनले जनपक्षीय पत्रकारिता सशक्त बनाउन दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव विकले धेरै छलफल र विचारविमर्शपछि मात्र यो पुरस्कारका लागि वरिष्ठ पत्रकार पिटरलाई छनोट गरिएको जानकारी दिए । सेन्टरका पूर्वकेन्द्रीय सदस्य डा धितालले लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकारलाई सेन्टरले सम्मान गरेर उत्कृष्ट कार्य गरेको बताए । सेन्टर बाँकेका अध्यक्ष चन्द्र बोहोराको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ८ : १० बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले