१८ माघ २०८२, आइतबार | February 1, 2026

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो



वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा रु एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए । जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न रु पाँच अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको छ महिनामा रु तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ ।

त्यस्तै सोही अवधिमा रु एक अर्ब १७ करोड मूल्य पर्ने सिमी÷राज्मा आयात भएको छ । चालु आवको छ महिनामा रु एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ ।

त्यसैगरी, रु एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ । रू २७ करोडबराबर रहरको दाल र रु १६ करोड मूल्यको केराउ आयात भएको छ । त्यस्तै रु पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ११ : ४४ बजे

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए