१८ माघ २०८२, आइतबार | February 1, 2026

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि



काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका ४५ वर्षीय पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहसँग चुनावी प्रचारका क्रममा अछाम पुगेका बेला अचानक ढलेर मस्तिष्कघात (ब्रेन हेमरेज) भएका सिटौलाको आइतबार उपचारकै क्रममा निधन भएको थियो ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । त्यसपछि पशुपति आर्यघाट लगेर धार्मिक विधिपूर्वक अन्त्येष्टि गरिएको हो । अन्तिम बिदाइका क्रममा कलाकार, पत्रकार तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । श्रद्धाञ्जली दिन पूर्वऊर्जामन्त्री कुलमान घिसिङ तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) समेत पशुपति आर्यघाट पुगेका थिए ।

उपचारका क्रममा निधन भएका सिटौलाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमपछि श्रद्धाञ्जलीका लागि केही समय चलचित्र विकास बोर्डमा राखिएको थियो ।

पत्रकार सिटौला पछिल्लो समय चलचित्र क्षेत्रसँग आबद्ध रहँदै विभिन्न फिल्मका मिडिया संयोजकका रूपमा सक्रिय थिए । उनले एक सिने अनलाइन पोर्टल पनि सञ्चालन गर्दै आएका थिए । उनको असामयिक निधनले पत्रकारिता र चलचित्र क्षेत्र शोकमा डुबेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ८ : १० बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन