९ चैत्र २०८२, सोमबार | March 24, 2026

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग



काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

उनले आज सार्वजनिक विज्ञप्ति जारी गर्दै एमालेबाट अलग भएको घोषणा गरेका हुन्।

विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतर्फ उन्मुख गराइएको, स्वेच्छाचारी तथा विभेदकारी शैलीमा सञ्चालन गरिएको भन्दै त्यस्तो विचार, नीति र व्यवहारप्रति गहिरो असहमति जनाउँदै एमाले त्यागेको उल्लेख गरिएको छ।

सप्तरीका देव बारम्बार पार्टी परिवर्तन गर्ने नेतामा पर्छन् । एमालेबाटै राजनीति सुरु गरेका देव मधेशी जनअधिकार फोरम, लोकतान्त्रिक फोरम, नेपाली कांग्रेस हुँदै २०८१ सालमा पुनः एमालेमा फर्किएका थिए । उनी फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य समेत बनेका थिए । फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि देव पनि कांग्रेसमा समाहित भएका थिए। कांग्रेसबाट उनी राष्ट्रियसभा सदस्यसमेत बनेका थिए।

२० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल समाप्त भएपछि देव १७ असार २०८१ मा पुनः एमालेमा फर्किएका थिए।

तर केही समयमै उनले पार्टीको नीति र अभ्याससँग असहमति जनाउँदै फेरि एमाले परित्याग गरेका छन्।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : २४ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११