२१ बैशाख २०८३, सोमबार | May 4, 2026

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट



काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले शिष्टाचार भेटवार्ता गरेका छन् ।

टोकियोमा सोमबार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगसम्बन्धी विषयमा छलफल भएको थियो ।

यसैगरी सोमबार नै राष्ट्रपति पौडेलसँग टोकियोमा जापानका प्रमुख व्यवसायी, उद्यमी र लगानीकर्ताहरूले भेट गरेका थिए ।

बैठकमा नेपाली पक्षले ‘नेपालमा व्यवसाय र लगानीका अवसरहरू’ बारे प्रस्तुति दिएको थियो । त्यसपछि जापानी र नेपाली व्यापारिक समुदायका प्रतिनिधिहरूबीच छलफल भएको थियो ।

जापानी व्यवसायी, उद्यमी र लगानीकर्ताहरू सम्बोधन गर्दै राष्ट्रपति पौडलले नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ३ : ०८ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र