७ चैत्र २०८२, शनिबार | March 21, 2026

बालेनले मात्र प्रयोग गर्ने गरेको महानगरको लिफ्ट अब सबै कर्मचारी र सेवाग्राहीका लागि खुला



काठमाडौं । काठमाडौं महानगरपालिकामा निवर्तमान मेयर बालेन्द्र साहले मात्र प्रयोग गर्दै आएको लिफ्ट अब सबै कर्मचारी र सेवाग्राहीका लागि खुला गरिएको छ ।

महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनपछि आइतबारदेखि उक्त लिफ्ट सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

कमलादीस्थित भाडाको भवनमा जडान गरिएको सो लिफ्ट मेयर बालेन्द्र साहको कार्यकालमा पासवर्ड प्रणालीमार्फत सञ्चालन हुँदै आएको थियो । उक्त लिफ्ट बालेन्द्र र उनको सचिवालयका सदस्यहरूले मात्र प्रयोग गर्दै आएका थिए । लिफ्ट २०८१ साल साउन महिनामा जडान गरिएको थियो ।

महानगर कार्यालयको पार्किङ क्षेत्रमा जडान गरिएको सो लिफ्ट प्रयोग गर्न अन्य कर्मचारी तथा सेवाग्राहीलाई निषेध गरिएको थियो । माघ महिनाको पहिलो साता बालेन्द्र साह महानगरपालिकाबाट बिदा भएपछि उक्त लिफ्ट सबैका लागि खुला गरिएको हो ।

कमलादीस्थित महानगरपालिकाको कार्यालयमा दुईवटा लिफ्ट रहेका छन् । तीमध्ये यसअघि एउटा मात्र लिफ्ट सेवाग्राहीका लागि सञ्चालनमा थियो भने अर्को लिफ्टमा नगर प्रहरी नै तैनाथ गरेर मेयरका लागि छुट्याइएको थियो ।

महानगरका दुई भवनमध्ये एक भवनमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा वातावरण विभागका कार्यालय रहेका छन् भने अर्को भवनमा अन्य शाखा तथा महाशाखाहरू सञ्चालनमा छन् ।

मेयर साहले आफू र सेवाग्राही तथा कर्मचारीबीच प्रत्यक्ष सम्पर्क नहोस् भन्ने उद्देश्यले पासवर्ड प्रयोग गरी सो लिफ्टबाट सिधै पाँचौँ तलासम्म पुग्ने व्यवस्था मिलाएका थिए । यस विषयलाई लिएर तत्कालीन समयमा आलोचना पनि भएको थियो ।

हाल बालेन्द्र साह मेयरबाट राजीनामा दिएर उनी चुनावी मैदानमा भएसँगै उक्त लिफ्ट सबै कर्मचारी र सेवाग्राहीका लागि खुला गरिएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ३ : ०० बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको