६ श्रावण २०८३, बुधबार | July 22, 2026

यूएईविरुद्ध नेपालको शानदार जित, ऐरी र आरिफको शतकीय साझेदारी



काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको वार्म-अप खेलमा नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ । उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखबीच भएको १०८ रनको साझेदारी नेपालको जितमा निर्णायक बनेको हो ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै शानदार जित निकालेको हो । नेपालले १८ बल बाँकी छँदै जित हात पारेको थियो ।

नेपालको सुरुवात भने कमजोर रह्यो । ६ ओभर ५ बलसम्म आइपुग्दा नेपालले ३ विकेट गुमाउँदै मात्र ४५ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवैले ८-८ रन बनाउँदै आउट भएपछि नेपालको इनिङ सुरुमै दबाबमा परेको थियो । त्यसपछि मैदान उत्रिएका कप्तान रोहितकुमार पौडेल १९ बलमा १६ रन बनाएर रनआउट भएपछि नेपाल थप संकटमा परेको थियो ।

यसपछि क्रिजमा आएका आरिफ शेखले उपकप्तान दीपेन्द्रसिंह ऐरीसँग मिलेर नेपालको इनिङ सम्हालेका थिए । सात ओभरमा ३ विकेट गुमाएर ४५ रनमा सीमित रहेको नेपाललाई दुवैले १०८ रनको महत्वपूर्ण साझेदारी गर्दै जिततर्फ डो¥याएका हुन् ।

आरिफ शेखले ३७ बलमा दुई छक्का र आठ चौकासहित अविजित ६१ रनको शानदार इनिङ खेले । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा एक छक्का र चार चौकासहित अविजित ५० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिएका थिए ।

नेपालका बलरहरू प्रभावशाली देखिएका थिए । करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

नेपालले अब दोस्रो वार्म-अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपअन्तर्गत पहिलो औपचारिक खेल भने नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : १० बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ