७ कार्तिक २०८३, शनिबार | October 25, 2026

यूएईविरुद्ध नेपालको शानदार जित, ऐरी र आरिफको शतकीय साझेदारी



काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको वार्म-अप खेलमा नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ । उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखबीच भएको १०८ रनको साझेदारी नेपालको जितमा निर्णायक बनेको हो ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै शानदार जित निकालेको हो । नेपालले १८ बल बाँकी छँदै जित हात पारेको थियो ।

नेपालको सुरुवात भने कमजोर रह्यो । ६ ओभर ५ बलसम्म आइपुग्दा नेपालले ३ विकेट गुमाउँदै मात्र ४५ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवैले ८-८ रन बनाउँदै आउट भएपछि नेपालको इनिङ सुरुमै दबाबमा परेको थियो । त्यसपछि मैदान उत्रिएका कप्तान रोहितकुमार पौडेल १९ बलमा १६ रन बनाएर रनआउट भएपछि नेपाल थप संकटमा परेको थियो ।

यसपछि क्रिजमा आएका आरिफ शेखले उपकप्तान दीपेन्द्रसिंह ऐरीसँग मिलेर नेपालको इनिङ सम्हालेका थिए । सात ओभरमा ३ विकेट गुमाएर ४५ रनमा सीमित रहेको नेपाललाई दुवैले १०८ रनको महत्वपूर्ण साझेदारी गर्दै जिततर्फ डो¥याएका हुन् ।

आरिफ शेखले ३७ बलमा दुई छक्का र आठ चौकासहित अविजित ६१ रनको शानदार इनिङ खेले । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा एक छक्का र चार चौकासहित अविजित ५० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिएका थिए ।

नेपालका बलरहरू प्रभावशाली देखिएका थिए । करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

नेपालले अब दोस्रो वार्म-अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपअन्तर्गत पहिलो औपचारिक खेल भने नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : १० बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र