६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलका २७ वर्षीय जैसवालको सर्लाहीमा भएको कार दुर्घटना मृत्यु, बुटवलकै तीन जना घाइते



सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु ३ च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटवल उपमहानगरपालिका-१ निवासी २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो ।

काँकरभिट्टाबाट बुटवलतर्फ आउँदै गरेको उक्त कार दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका-१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय वृजकिशोर बर्मा र ५२ वर्षीय सञ्जय जैसवाल घाइते भएका छन् ।

घाइते तीनै जनाको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सञ्जय जैसवालको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : १४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क