२१ माघ २०८२, बुधबार | February 4, 2026

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे



बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार इन्जिनियर सुरज पाण्डेले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

उद्योग, व्यापार र सेवा क्षेत्रको विस्तारका लागि आधुनिक भौतिक तथा डिजिटल पूर्वाधार निर्माण गर्ने योजना आफूले अघि सारेको उनले बताए । “अब आधुनिक पूर्वाधार निर्माण मेरो प्रमुख प्राथमिकता हुनेछ,” पाण्डेले भने ।

आईटी उद्योग विस्तार गर्दै डाटा सुरक्षा, डिजिटल सेवा प्रवर्द्धन र रोजगारी सृजना गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे । उद्योगमैत्री सीप विकास गरी तालिममार्फत दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने योजना रहेको बताउँदै उनले होटल, रेस्टुरेन्ट, धार्मिक तथा प्राकृतिक पर्यटन विस्तारमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने रणनीति अघि सारेका छन् । यसबाट नयाँ रोजगारीका अवसर सिर्जना हुने उनले विश्वास व्यक्त गरे ।

बजारको परिवर्तनअनुसार छिटो अनुकूलन हुन सक्ने नीतिगत तथा संस्थागत संरचना विकासलाई पनि प्राथमिकतामा राख्ने उनले बताए । जलविद्युत क्षेत्रलाई प्रविधि, मूल्य अभिवृद्धि तथा उद्योगसँग जोडेर आर्थिक मेरुदण्डका रूपमा विकास गर्ने उनको योजना छ ।

स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच विस्तार गर्दै गुणस्तरीय अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य सेवा विस्तारमार्फत क्षेत्रीय स्वास्थ्य केन्द्र स्थापना गर्न पहल गर्ने प्रतिबद्धता उनले जनाए । शिक्षातर्फ विश्वस्तरीय शिक्षासँग जोडिने लक्ष्य राख्दै विदेशी विश्वविद्यालयका क्याम्पस नेपालमै स्थापना गर्ने योजना रहेको उनले बताए ।

पेशा अनुसार मेकानिकल इन्जिनियर तथा उद्योगपति रहेका पाण्डेले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेका छन् । उनले इटालीमा इरास्मस छात्रवृत्तिमार्फत स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । २७ वर्षको उमेरमै तिलोत्तमा-टिकुलीगढमा उद्योग स्थापना गरी जलविद्युत उत्पादन, आपूर्ति तथा वितरण क्षेत्रमा काम गर्दै १०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराउन सफल भएको उनको दाबी छ । उनी रुपन्देही उद्योग संघका एसोसिएट सदस्यसमेत रहेका छन् ।

पूर्वाधार, ऊर्जा, सीप विकास, डिजिटल रूपान्तरण, स्वास्थ्य, पर्यटन र शिक्षामार्फत समृद्ध रुपन्देही निर्माण गर्ने स्पष्ट दृष्टिकोणसहित आफू उम्मेदवार बनेको उनले बताए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ९ : १५ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास