२ असार २०८३, मंगलबार | June 16, 2026

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको वाइडबडी विमानमा टेकअफ गर्ने क्रममा एक इन्जिनमा समस्या देखिएपछि उक्त विमान भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ।

उडान नम्बर टीएचवाई–७२७ ले उडान भर्ने क्रममा दायाँ इन्जिनमा समस्या देखिएको जानकारी चालक दलले काठमाडौं टावरलाई गराएको थियो।

बुधबार दिउँसो १ः२८ बजे त्रिभुवन विमानस्थलबाट उडेको करिब चार मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको सूचना क्याप्टेनले दिएका थिए। त्यसपछि चालकदलले जहाजलाई पश्चिम दिशातर्फ लगेर दायाँ इन्जिन बन्द गर्दै १० देखि १२ मिनेटसम्म होल्डमा राखी अवस्थाको जाँच गरेको थियो।

चालकदलले सिंगल इन्जिनमा उडान जारी राख्दै धादिङ जिल्लाको धार्के क्षेत्रमाथि केही समय फन्को लगाएर इन्जिनको प्राविधिक अवस्था मूल्यांकन गरेको थियो। त्यसपछि चालकदलले इस्तानबुलको उडान निरन्तरता नदिई कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेका थिए ।

वाइडबडी विमान भएकाले काठमाडौंमै फर्किन वा भैरहवामा अवतरण गर्न सक्ने विकल्प रहे पनि चालकदलले जोखिम नलिई कोलकाता डाइभर्ट गर्ने निर्णय गरेको क्यानले जनाएको छ। ए३३०–३०३ सिरिजको उक्त टर्किस एयरलाइन्सको विमानमा २२५ जना यात्रु सवार थिए।

विमानमा समस्या आएपछि काठमाडौं विमानस्थलले अन्य दुईवटा उडानलाई केही समय होल्डमा राखेको थियो भने एयर चाइनाको एक उडानलाई डाइभर्ट गरिएको थियो ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : ३० बजे

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको