२१ माघ २०८२, बुधबार | February 4, 2026

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान



बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता दिन आगामी निर्वाचन निर्णायक हुने भन्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिले पार्टीका नेता-कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आह्वान गरेको छ ।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा खटिन र उम्मेदवारको पक्षमा माहौल बनाउन पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरिएको हो ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिका संयोजक तथा प्रदेश उपसभापति राजु खनालले जनताको अपेक्षा पूरा गर्न काँग्रेसले पुनः जिम्मेवारीसाथ अघि बढ्ने दाबी गरे । उनले पार्टीले ऐतिहासिक रूपमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको स्मरण गर्दै संविधान, संघीयता, गणतन्त्र र समावेशी व्यवस्थाको संरक्षण काँग्रेसकै प्राथमिकता रहेको बताए ।

खनालले देशभित्र र बाहिर रहेका सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिक, नागरिक समाज, युवा, बुद्धिजीवी तथा पार्टीका सम्पूर्ण पंक्तिलाई आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध हुन आह्वान गरे ।

पार्टीले विगत केही वर्षमा देखिएका राजनीतिक अस्थिरता, आर्थिक चुनौती र सुशासनप्रतिको जनअसन्तुष्टिको समाधान काँग्रेसको नेतृत्वबाट मात्रै सम्भव हुने दाबी गरेको छ । संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण र तल्लो तहसम्म अभियानलाई तीव्र बनाइएको खनालले बताए ।

उनले बदलिँदो राजनीतिक परिस्थितिमा काँग्रेसको भूमिका अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने उल्लेख गर्दै अनुशासित, मर्यादित र जनमुखी निर्वाचन अभियान सञ्चालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिए । उनले आगामी निर्वाचनलाई लोकतन्त्रको रक्षा, स्थायित्व र समृद्धिको लक्ष्य पूरा गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ०५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता