२२ माघ २०८२, बिहिबार | February 5, 2026

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला



बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा सम्पन्न भएको छ । आगमी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भेला आयोजना गरिएको हो ।

भेलाले प्युठानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तिलकबहादुर जीसीको प्रचार प्रसार गर्ने र मतदातालाई मत दिनका लागि प्युठान लैजाने निर्णय गरेको समितिका सचिव नन्दु पोखरेलले जानकारी गराए ।

उक्त भेलामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको विरुद्द, राष्टियता, सार्वभौमिकता र अखण्डताको पक्षमा मतदान गर्नका लागि आममतदातालाई सचेत गराउनका लागि घरघरमा पुगेर मतदातालाई देशको अवस्थाबारे बुझाउनु पर्ने बताए ।

मतदातालाई ठिक र बेठिक नछुटाउंदासम्म चुनावमा विदेशी शक्ति केन्द्रबाट परिचालित अराष्ट्रिय मान्छेहरुले चुनाव जित्ने भएकाले यो विषयमा समयमा नै सचेत हुनुको अर्को विकल्प नभएको अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।

कांगे्रस, एमाले र माओवादीले देशमा चरम भ्रष्टाचार, अनिमियतता, बेथिति जन्माएका काराण देशले यो अवस्था भोग्नु परेको बताउंदै अहिलहेका नयां भन्ने भन्दा केही हदसम्म गणतन्त्र स्वीकारकाले यिनै कांग्रेस, एमाले र माओवादी ठिक भएको बताए ।

आफुलाई नयां शक्ति भन्नेहरु अमेरिका, भारतलगायतका साम्राज्यवादी शक्तिबाट नेपालमा चलखेल गरेकाले यस्ता गलत खालको प्रवृतिलाई पराजित गर्न गणतन्त्रबादी शक्ति एक हुनुपर्नेमा अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।

गणतन्त्रबादी शक्तिबीच पनि थुप्रै मतभेत र बिबाद कायमै रहेको उल्लेख गर्दै गणतन्त्रबादी शक्तिसंग बादविवाद र झगडा देशमै बसेर पनि गर्न सकिन्छ तर देशै रहेन भने के गन, कोसंग बादविवाद र झगडा गर्र्ने भन्दै अध्यक्ष केसीले भने-गणतन्त्रबादी शक्तिलाई यो चुनावमा जिताउनु पर्छ । नयां भन्नेलाई होइन ।

राष्ट्रिय जनमोर्चाका युवा नेता बासुदेव पोखरेलले देश संकको अवस्थामा रहेको बेला हुन लागेको निर्वाचनबाट देशभक्त, राष्ट्रबादी शक्तिलाई जिताउनु पर्ने र देशको हितमा बोल्दै र राजनीति गर्दै आएको दल राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई जिताउने गरी निर्वाचनमा लाग्नु पर्ने बताए ।

कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ शर्माले संगठनात्मक एकता, जनसम्पर्क विस्तार र आगामी दिनमा आन्दोलन तथा राजनीतिक गतिविधिलाई सशक्त बनाएर राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई जिताउने गरी आआफ्नो क्षेत्रमा सक्रियता पूर्वक काम गर्न सबैलाई आग्रह गरे ।

राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव कृष्णप्रसाद पोखरेलले प्यूठानका उम्मेदवार तिलकबहादुर जीसीलाई जिताउने गरी जिल्ला केन्द्रित हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिका अध्यक्ष दीपक योगीको अध्यक्षता र सचिव नन्दु पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ८ : ०५ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं