२२ माघ २०८२, बिहिबार | February 5, 2026

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो



महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् ।

दक्षिणी सीमा भारत र पश्चिममा सर्लाही जिल्ला पर्ने यस क्षेत्रका मतदाता विकासका दृष्टिले धेरै पछाडि छ । यहाँका बासिन्दाले स्वास्थ्य सेवाका निम्ति भारत जानुपर्ने बाध्यता छ ।

“कोही बिरामी परेमा भारतीय मुद्रा साट्न दौडनुपर्छ, बिरामी हुँदा सीतामढी पुग्नुपर्ने बाध्यता छ”, सम्सी गाउँपालिका–६ का ३५ वर्षीय इम्तियाज अहमद दुखेसो गर्छन् ।

जिल्लाको दक्षिणपश्चिममा पर्ने सोनमा गाउँपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकाका अधिकांश बस्तीहरूमा स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रले भरपर्दो सेवा नदिँदा बिरामी भारत जान बाध्य हुन्छन् । सम्सी–६ का ४० वर्षीय शेष सौरात भन्छन्, “मान्छेको स्वास्थ्य उपचारसँग जोडिने विषय चुनावमा पर्याप्त महत्व पाएको छैन ।”

क्षेत्रको पूर्वी भेगमा पर्ने रामगोपालपुर, मनराशिशवा र औरहीकाभन्दा सम्सी र सोनमाका बासिन्दाका पीडा बढी सुनिन्छन् । सोनमा–३ का रामकलेवर यादव भन्छन्, “यहाँ स्तरीय न अस्पताल छन्, न गुणस्तरीय शिक्षाको व्यवस्था छ । बर्खामा मडहा र हर्दी नदीले कटान बढाउँछन्, जागै रात बिताउनुपर्छ ।”

यहाँका किसान अकासे खेतीमा निर्भर छन् । सोनमा–२ का सामाजिक–राजनीतिक कार्यकर्ता मदन साह “गाउँमा पूर्व–पश्चिम दुवैतिर नदी छन्, तर सिँचाइको व्यवस्था छैन । नदी वरदान हुनुपर्नेमा अभिशाप बनेका छन् ”, भन्छन् ।

मतका निम्ति घरदैलो गरिरहेका उम्मेदवारहरू सुविधासम्पन्न अस्पताल, गुणस्तरीय विद्यालय, नदीमा पक्की तटबन्ध र कुलो खन्नेसम्मका आश्वासन दिन थालेका छन् । सोनमा–६ का रामप्रताप यादव “हामी यसपालि स्पष्ट योजनाबिना विश्वास गर्दैनौँ । विकासको दूरदृष्टिसहितका योजना देखाउने उम्मेदवारले मात्र हाम्रो मत पाउनेछ ।”

यो क्षेत्रमा १३ राजनीतिक दलका र २३ स्वतन्त्र उम्मेदवार छन् । राजनीतिक दलका चार र तीन स्वतन्त्र सहित सात महिला उम्मेदवार छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका उम्मेदवार दलगत प्रतिस्पर्धामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, नेकपा संयुक्त, उज्यालो नेपाल पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, आम जनता पार्टी र जनता लोकतान्त्रिक पार्टीका उम्मेदवार पनि मैदानमा छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ९ : २२ बजे

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।