९ चैत्र २०८२, सोमबार | March 23, 2026

कांग्रेसको अगुवाइमा नागरिक अधिकार प्राप्त भएको हो : सङ्ग्रौला



पाटन । राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक अधिकार प्राप्त भएको धारणा राखेका छन ।

‘बद्लियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराका साथ आज नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयक कार्यक्रममा सङ्ग्रौलाले नेपालमा नागरिक अधिकारको प्राप्ति हुनु अगाडि नै नेपाली कांग्रेसको जन्म भएको हो र नेपाली कांग्रेसले मात्रै नागरिक अधिकारका लागि सत्ता स्वार्थलाई टाढै राखेर योगदान गरेको उल्लेख गरे ।

“नेपाली कांग्रेसकै अगुवाइमा नागरिक अधिकार र लोकतान्त्र प्राप्त भएको हो, कांग्रेसको स्वार्थ नागरिक अधिकार लोकहित हो, नेपाली कांग्रेसमा लोकतान्त्रिक अभ्यास र भिन्न मत राख्ने अवसर र परम्परा छ, कांग्रेस उदारवाद लोकतान्त्रिक पार्टी हो”, उनले भने । उनले विशेष महाधिवेशनले पार्टीलाई नयाँ बनाएको उल्लेख गर्दै अबको नयाँ नेतृत्वले के गर्छ भनेर परिणाममा हेर्नुपर्ने बताए ।

“गगन र विश्वप्रकाशको नेतृत्वमा भएको परिवर्तन जेनजी आन्दोलनको परकम्प हो, राजनीतिमा गगन र विश्वप्रकाशलाई मैले गुरु मान्नुपर्छ, गगन र विश्वप्रकाशको अग्रगमनमा नेपाली कांग्रेस नयाँ भएको छ”, उनले भने ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ४ : ५३ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११