६ श्रावण २०८३, बुधबार | July 22, 2026

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते



सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् ।

स्थानीयका अनुसार वनभोज खान खोलातर्फ गएका बालकहरूले खोलामा भेटिएको सकेट बमजस्तो देखिने शंकास्पद वस्तुलाई खेलौना ठानी दाउरासँगै जम्मा गरेर चुल्हो नजिक राखेका थिए । सोही क्रममा उक्त वस्तु अचानक विस्फोट भएको हो ।

विस्फोटमा परी सोही स्थानका साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्राशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका छन् ।

घाइते चारै जनालाई सुरुमा मधेश प्रदेश प्रहरी अस्पताल, रुपनीमा उपचार गरी थप उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएको छ । घाइतेमध्ये साहस र प्राशिसको खुट्टा तथा शरीरका विभिन्न भागमा छर्रा लागेको छ भने कविर र सुरजको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनास्थल नेपाली सेनाको अभ्यास स्थल भएको र अभ्यासका क्रममा छुटेको वा विस्फोट हुन नसकी बाँकी रहेको शंकास्पद वस्तु विस्फोट भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

बालकहरूले भेटेको उक्त शंकास्पद वस्तु तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बरबहादुर पुरीले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ५ : १९ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ