२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन



रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम नवलपरासीमा आज मंगलबार गर्न लागेको चुनावलक्षित खुल्ला कार्यक्रम रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (पश्चिम)ले निर्वाचन आचारसंहिता उल्लंघन हुनसक्ने भन्दै उक्त कार्यक्रमप्रति चासो राख्दै आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन निर्देशन दिएको हो।

सोमबार रुपन्देहीमा ‘रोड शो’ को नाममा गरिएको खुल्ला चुनावी गतिविधिपछि लामिछानेमाथि निर्वाचन आचारसंहिता उल्लंघनको आरोप लागेको थियो। सुप्रिम सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तारिख बुझ्न जिल्ला अदालत रुपन्देही पुगेका अवसरमा उनले रुपन्देहीका विभिन्न स्थानमा पुगेर समर्थकहरूलाई सार्वजनिक स्थलमै सम्बोधन गरेका थिए। उस्तै प्रकृतिको कार्यक्रम मंगलबार पश्चिम नवलपरासीमा पनि तय भएपछि जिल्ला प्रशासन कार्यालय सक्रिय बनेको हो।

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषण राजभण्डारीद्वारा जारी सूचनामा मिति २०८२ साल माघ २७ गते यस जिल्लामा हुने भनिएको कार्यक्रम निर्वाचन आचारसंहिता २०८२ अन्तर्गत पर्ने उल्लेख गर्दै आचारसंहिता विपरीतका गतिविधि नगर्नरनगराउन सबै सम्बन्धित पक्षलाई जानकारी गराइएको छ।

लामिछाने मंगलबार नवलपरासीको कार्यक्रममा सहभागी भई चितवन फर्कने कार्यक्रम बनाएका थिए।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ९ : १५ बजे

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ तेस्रोबाट पाँचौमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै