२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार



दार्चुला । दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या अभियोगमा महाकाली नगरपालिका-४ की २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गौरव महतले राससलाई जानकारी दिए । पक्राउ परेकी दिपिका महाकाली-४ मा सञ्चालित ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पालकी कान्छी श्रीमती भएको उनले बताए । मृतक प्रहरी हवल्दार घर्ती पनि महाकाली नगरपालिका-४ कै बासिन्दा हुन् ।

प्रहरी नायव उपरीक्षक महतका अनुसार घटनामा संलग्न रहेका आशङ्का गरिएका ‘अस्मिता बियर बार’का सञ्चालक आशिक, उनकी जेठी श्रीमती लक्ष्मी बडू, आशिकका भाइ मनिस पाल र राजेन्द्र डँडाल फरार रहेका छन् । घटनापछि फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका-४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार घर्ती सोमबार राति मृत फेला परेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : ०९ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि