२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

नेकपाद्वारा राजनीतिक दललाई चार वर्गमा वर्गीकरण, नयाँ दल ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’



काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमार्फत पार्टीले मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गर्दै आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’का रूपमा प्रस्तुत गरेको छ ।

घोषणापत्रमा राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी वर्गीकरण गरिएको छ । नेकपाले आफू क्रान्तिकारी शक्तिको प्रतिनिधि भएको दाबी गर्दै समाज रूपान्तरणका लागि स्पष्ट समाजवादी कार्यदिशा अघि सारेको जनाएको छ ।

घोषणापत्रमा नेकपा एमाले र नेपाली काँग्रेसलाई ‘यथास्थितिवादी’ दलको संज्ञा दिँदै उनीहरूसँग देशलाई नयाँ दिशामा अघि बढाउने कुनै नवीन दृष्टिकोण नभएको टिप्पणी गरिएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायत नयाँ उदाएका शक्तिहरूलाई ‘सिद्धान्तहीन र दृष्टिकोणविहीन पपुलिष्ट’ भन्दै कडा आलोचना गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, “आफूलाई नयाँ भन्ने पपुलिष्ट शक्ति सिद्धान्तहीन छन् र भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएका छन् ।” यस्ता शक्तिहरूले मुलुकका जटिल समस्या समाधान गर्न नसक्ने र देश तथा जनताको हितमा नरहेको नेकपाको दाबी छ ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ‘प्रतिगामी पुनरुत्थानवादी’ शक्तिको रूपमा चित्रण गर्दै जनक्रान्तिबाट अन्त्य गरिएको सामन्ती राजतन्त्र पुनःस्थापना गर्न खोजिएको आरोप लगाइएको छ । यस्ता प्रयासले मुलुकलाई पछाडि धकेल्ने षड्यन्त्र भइरहेको घोषणापत्रमा उल्लेख छ ।

कुन दल कस्तो ?
पहिलो : क्रान्तिकारी शक्ति । यसको मूल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी हो । नेपाली कम्युनिस्ट पार्टीले मात्रै समाज रूपान्तरणको स्पष्ट दृष्टिकोण र समाजवादी कार्यदिशा अँगालेको छ ।

दोस्रो : यथास्थितिवादी शक्ति, जसको प्रतिनिधित्व नेकपा एमाले र नेपाली कांग्रेसले गर्दछन् । एमाले र कांग्रेसले मुलुकलाई अहिलेको अवस्थाबाट अगाडि बढाउने कुनै नवीन अवधारणा प्रस्तुत गरेका छैनन् । यिनीहरू यथास्थितिमै रहन चाहन्छन् ।

तेस्रो : पपुलिष्ट शक्ति । आफूलाई नयाँ भन्ने पपुलिष्ट शक्ति सिद्धान्तहीन एवम् दृष्टिकोणविहीन शक्ति हो । यो भदौ २४ को विध्वंस मच्चाउने तत्त्वसँग जोडिएको शक्ति हो । यसले मुलुकका समस्या समाधान गर्ने कुनै दृष्टिकोण प्रस्तुत गरेको छैन । त्यसैले यो देश र जनताको हितमा काम गर्ने शक्ति हुनै सक्दैन ।

चौथो : प्रतिगामी पुनरुत्थानवादी शक्ति । यो राप्रपाको नामबाट चुनावी मैदानमा छ । यसले जन क्रान्तिद्वारा उखेलेर फ्याँकिएको सामन्ती राजतन्त्र फर्काउन चाहन्छ । यो देशलाई अगाडि होइन पछाडि धकेल्ने चालबाजी मात्रै हो ।

विगतका जनआन्दोलन र राजनीतिक परिवर्तनको नेतृत्व आफूले नै गरेको दाबी गर्दै नेकपाले लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्वजस्ता उपलब्धि आफ्नै संघर्षको परिणाम भएको जनाएको छ । “हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि हामी नै बदल्नेछौँ,” भन्दै नेकपाले अरू दल गफमा सीमित हुँदा आफू व्यवहारमै परिणाम देखाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : ३३ बजे

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ तेस्रोबाट पाँचौमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै