२८ माघ २०८२, बुधबार | February 11, 2026

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ



काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय हुने अवस्थामा पुगेका कतिपय कानुन निर्माणका अवरोध हटाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सदस्यहरूले दिएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा समयावधि पुगेका सांसदले बिदाइसहित सभाको अनुभव साट्ने क्रममा कानुन निर्माणका अवरोध हटाउनुपर्ने सुझाव दिएका हुन्। सांसद देवेन्द्र दाहालले सभालाई विज्ञहरूको सभा बनाउनुपर्ने सुझाव दिए। विज्ञ र बौद्धिक सदस्य छनोट गरेर राजनीतिक दलले सभामा पठाउनुपर्ने धारणा उनले राखेका थिए ।
संवैधानिक व्यवस्थाबमोजिम छ वर्ष पदावधि पूरा गरी एक तिहाइ सभा सदस्य आगामी फागुन २० गतेदेखि बिदाइ हुन लागेका हुन्। आगामी फागुन २१ गते १९ जना सभासदस्यको पदावधि समय सकिँदैछ ।
संसदीय अभ्यासका क्रममा प्राप्त अनुभव साझा गर्ने क्रममा सदस्य गङ्गाकुमारी बेल्वासेले समितिले विभिन्न आवश्यक महत्वका कानुन सम्पादन कार्य भइरहेको र यस क्रममा थुप्रै काम सिक्ने अवसर मिलेको बताए ।
राष्ट्रियसभामा रहेका विधेयकहरू प्रतिनिधिसभा विघटन हुँदा निस्क्रिय हुने अवस्थामा पुगेका भन्दै यो अवस्था उचित नरहेको उनले बताए। “ठूलो मेहनत र स्रोत लगानी गरेर बनेका विधेयक अन्तिम समयमा निस्क्रय हुनु राम्रो होइन”, उनले भने, “निजामती विधेयक, शिक्षा विधेयक महत्वपूर्ण विधेयक निस्क्रिय हुँदा चिन्ता लागेको छ ।”
सदस्य तुलसीकुमारी दाहालले सङ्घीय सरकारको दुई सदन समान रूपले महत्वपूर्ण छन् भन्ने बुझाउन नसकिएको बताए । उनले जनताको जीवनस्तरमा अझै पनि सुधार गर्न नसकिएकामा आत्मसमीक्षा गरे। सभा सदस्य गोपाल भट्टराईले राष्ट्रियसभामा बनेका कानुनलाई विभिन्न कारणले निस्क्रिय बनाउने अवस्था हटाएर कानुनी निर्माणका अवरोधमाथि समीक्षा गर्नुपर्ने बताए।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ३ : ५१ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा