२९ माघ २०८२, बिहिबार | February 12, 2026

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल



बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल उपमहानगरपालिका वडा न ११ मा बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । कालिकानगरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली काँग्रेसले बदलिएको सन्देश सहित चुनावी अभियानमा एक ढिक्कासहित जुटेकाले देशभर जित पक्का रहेको दाबि गरेका छन् ।

काँग्रेसले नेतृत्वसंगै कार्यशैली पनि बदलेर जनतामाझ आएकाले आफ्ना एजेण्डासहित घरघरमा पुगेर कांग्रेसका पक्षमा मत माग्न आग्रह गरिएको छ । प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट रुपन्देही २ का उम्मेदवार बनेका वरिष्ठ उद्योगी तथा समाजसेवी चुन्नप्रसाद पौडेलले आफु बुटवल ११ कै बासिन्दा भएकाले यहाँको समस्याहरुका बारेमा आफू जानकार रहेको बताए । उनले निर्वाचन जिताएर पठाए बुटवल ११ का भूमिहिन सुकुम्बासीले बेहोर्नुपरेको समस्या समाधान गर्ने र लालपूर्जा बितरण गर्ने बताए ।

पौडेलले तिनाउ करिडोरको समस्या समाधान गरिने समेत उनले बताए । काँग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने भएकाले काँग्रेस नेतृत्वका सरकार बनाउनका लागि पनि आफूलाई जिताउन आग्रह गरे ।

उनले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकास आफ्नो पहिलो प्राथमिकता हुने बताउँदै त्यसका लागि पनि आफूलाई जिताउन आम पार्टीको नेता, कार्यकर्ता सहित आम मतदातालाई अपिल गरे । २००७ सालयता मुलुक संकटमा पर्दा काँग्रेसले नै निकास दिएको स्मरण गराउँदै उले वर्तमान चुनौतीको समाधान पनि काँग्रेस नेतृत्वबाटै सम्भव हुने विश्वास व्यक्त गरे ।

काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेनजी आन्दोलनपछि काँग्रेसले आत्मसमीक्षा गर्दै आफूलाई रूपान्तरण गरेको बताए । बद्लिएको काँग्रेसले अब देशको अवस्था बदल्नेगरि अगाडि बढेको उनको भनाइ छ । जेनजी युवाहरूको भावना र अपेक्षाअनुसार देशलाई अघि बढाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । रुपान्तरित कांग्रेसले देशको नेतृत्व गरेमात्र मुलुक समृद्ध बन्ने र संविधान सहि ढंगले कार्यान्वयन हुने बताए ।

प्रदेश कोषाध्यक्ष प्रकाश रानाले अन्य दलका उम्मेदवारको अनुहार र ब्यवहार जनताले देखिसकेको भन्दै नयाँका नाममा भैरहेको राजनीति देशलाइ घातक हुने टिप्पणी गरे । रानाले जनताका बिचमा कांग्रेसले देश बनाउन गरेको योगदानको चर्चा र एजेण्डाहरु प्रर्याप्तै रहेको बताए ।

नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीका सभापति तथा प्रचारप्रसार मुल समितिका संयोजक प्रजापाल गिरीले देशको विकास र समृद्धिका लागि नेपाली काँग्रेसको जित अनिवार्य रहेको बताए । उनले अन्य दलहरुले प्रोपोगान्डा र निराशा फैलाएर राजनीति गरिरहेको आरोप लगाए । गिरिले भ्रष्टाचार बिरुद्ध कांग्रेस निर्मम भएर अघि बढ्ने समेत बताए । अहिले काँग्रेस स्पष्ट योजनासहितको कार्यक्रम लिएर चुनावमा होमिएको र चुनावपूर्व हुने गठबन्धन संस्कृतिको अन्त्य गर्नु बदलिएको काँग्रेसको उपलब्धि भएको दाबी गरे ।

कार्यक्रममा प्रदेश सदस्य बालकुमारी भण्डारी, टे«ड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ,बुटवल वडा न ११ का वडासभापति जितबहादुर मल्ल, उपसभापति दुर्गा बहादुर खत्री, सचिव यज्ञ प्रसाद न्यौपाने, जेनजी समुहका सिद्धार्थ कोइराला लगायतले बोल्दै कांग्रेसलाइ जिताएर देशकै पहिलो पार्टी बनाउने बताएका थिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ६ : ५८ बजे

बागलुङमा स्कूल बस दुर्घटना; २३ विद्यार्थी घाइते, पाँचको अवस्था गम्भीर

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित