२९ माघ २०८२, बिहिबार | February 12, 2026

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी



काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक विवरणअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ ।

आयोगले स्थानीय तहको वित्तीय अनुशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रका सूचकहरूलाई आधार मानेर मूल्यांकन गरेको जनाएको छ । दाङका दुई उपमहानगरपालिकामध्ये तुल्सीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक प्राप्त गर्दै उल्लेखनीय प्रदर्शन गरेका छन् । धरान उपमहानगरपालिकाले ४९.७६ अंक हासिल गरेको छ ।

१७ सूचकका आधारमा मूल्यांकन

आयोगले कुल १७ वटा सूचक प्रयोग गरी मूल्यांकन गरेको जनाएको छ । यसअन्तर्गत बजेट असार मसान्तभित्र सार्वजनिक तथा पारित भए/नभएको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकमको ४० प्रतिशत मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको जस्ता वित्तीय अनुशासनसम्बन्धी सूचक समावेश छन् ।

यस्तै, आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेट समीक्षा, राजस्व परिचालनको अवस्था, पूँजीगत तथा चालु खर्चको प्रगति, बेरुजुको स्थिति र ‘सूत्र’ सफ्टवेयरको प्रयोग पनि मूल्यांकनका आधार बनेका छन् ।

सामाजिक क्षेत्रका सूचकहरूमा विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, एसईई परीक्षा नतिजा, गर्भ जाँच गराउने महिलाको अनुपात तथा पूर्ण खोप लगाएका बालबालिकाको प्रतिशतसमेत समेटिएको छ ।

सीमित स्थानीय तहले मात्रै ८० अंक कटाए

आयोगका अनुसार देशभरिका स्थानीय तहमध्ये ८० भन्दा बढी अंक प्राप्त गर्ने चार वटा मात्र रहेका छन् । तीमध्ये अधिकांश पश्चिम नेपालको क्षेत्रका स्थानीय तह रहेको उल्लेख गरिएको छ ।

आयोगले कार्यसम्पादन मूल्यांकनलाई अन्तरसरकारी वित्तीय हस्तान्तरण र प्रोत्साहन अनुदान वितरणसँग जोडिएको प्रणालीको हिस्सा भएको जनाएको छ । मूल्यांकनले स्थानीय तहहरूलाई वित्तीय अनुशासन कायम राख्न, सेवा प्रवाह सुधार गर्न र पारदर्शिता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

आयोगले आगामी वर्षहरूमा सूचकलाई थप परिमार्जन गर्दै मूल्यांकन प्रक्रियालाई अझ प्रभावकारी बनाउने जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ७ : १२ बजे

बागलुङमा स्कूल बस दुर्घटना; २३ विद्यार्थी घाइते, पाँचको अवस्था गम्भीर

बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित