१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

काठमाडौं-२ नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ ।
औपचारिक प्रचारप्रसार यही फागुन ४ गतेदेखि सुरु हुने भएता पनि उम्मेदवारहरू घरदैलो, टोलसभा र अन्तरक्रियाका माध्यमबाट मतदातामाझ पुगिरहेका छन् ।
यो निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवार छन् । राजनीतिक दलका १६ र १२ जना स्वतन्त्र छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मणिराम फुयाँल, नेपाली कांग्रेसबाट कवीर शर्मा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नितेस पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनिल केसी, श्रम संस्कृति पार्टीका मुकुन्द कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुन्तीदेवी पोखरेल छन् । यहाँ २२ जना पुरुष र ६ जना महिला छन् । दलबाट तीन र तीन जना महिला स्वतन्त्र उम्मेदवार छन् ।
यो क्षेत्रमा पुराना राजनीतिक दल र तिनका उम्मेदवारको नयाँ पार्टीका प्रत्याशीबीच प्रतिस्पर्धा हुने भएको छ । यो निर्वाचनलाई आफूहरुले केवल दलगत प्रतिस्पर्धा मात्र नभई विश्वासको परीक्षाका रुपमा लिएको उम्मेदवारहरुले बताएका छन् ।
अधिकांश उम्मेदवारका ‘एजेन्डा’ रोजगारी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र भ्रष्टाचार नियन्त्रण छन् । उनीहरुले कानुन निर्माणभन्दा पनि मतदाताका दैनिकीसँग जोडिएका समस्या सम्बोधनको वाचा गरिरहेका छन् ।
कोटेश्वरको ट्राफिक जाम, खानेपानी समस्या, मनोहरा कोरिडोर व्यवस्थापन र रोजगारीका अवसर सृजनालाई प्रायः सबै उम्मेदवारले चुनावी एजेन्डा बनाएका छन् ।
देशले सङ्घीय शासन पद्धति अङ्गीकार गरे पनि मतदाताले सडक, पुल, ढल, खानेपानी समस्या सांसदहरुबाटै समाधान हुनुपर्ने अपेक्षा गरेका छन् । सङ्घीयता कार्यान्वयन भइसकेपछि स्थानीय, प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने जनताका आधारभूत आवश्यकता कानुन बनाउन सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नेहरुको थाप्लोमा मतदाताले हाल्न नहुने उम्मेदवारहरुको कथन छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : ४५ बजे

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन

बाँकेको खजुरामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निश्क्रिय

खजुरा । बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलामा ३ हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड

काठमाडौं-२ नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र