२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी



काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन गर्ने बताएका छन् ।

निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम समापन कार्यक्रममा उनले विसं २०७८ को जनगणना अनुसार महिलाको जनसङ्ख्या बढी भए पनि मतदाता नामावलीमा कम देखिएपछि अध्ययन गर्न लागिएको जानकारी गराए ।

आफू पश्चिम नेपाल गएका बेला ५०, ६० वर्षका महिलासँग कुराकानी गर्दा मतदाता नामावलीमा नाम नभएको सुनाएका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । उनले यस विषयमा अध्ययन गरेर आगामी दिनमा यस्तो नहुने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

“दलहरूले यसै साता घोषणा पत्रमार्फत् नीति तथा कार्यक्रम ल्याउने जानकारी दिएका छन् । अहिलेको पुस्ताले चाहे अनुसारका विषय आएरनआएको अध्ययन गरेर पत्रकारले समाचारमार्फत सार्वजनिक गर्नुपर्छ । गत भदौ २३ र २४ गतेको घटनापछि धेरैतिर फर्किएर बसेका दललाई आयोगले एकै ठाउँमा ल्याएर अहिलेको निर्वाचनको वातावरण बनाएको हो”, भण्डारीले भने । निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आयोग र सञ्चारमाध्यम एवं पत्रकार एकै सिक्काका दुई पाटो भएका उनको भनाइ छ ।

विदेशमा बस्ने मतदाताले मत हाल्न पाउने कानुन नभएकाले यस वर्षको निर्वाचनमा यस्तो व्यवस्था गर्न नसकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए । यसपटक आयोगले मितव्ययी निर्वाचन गर्न लागेको उल्लेख गर्दै उनले विदेशी विकास साझेदारसँग यसपटक आयोगले सहयोग नलिएको बताए । कार्यक्रममा मूलधारमा काम गर्ने ५० जना पत्रकारको सहभागिता थियो ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आयोगले हालसम्म गरेका मुख्य मुख्य गतिविधिहरू’, सहसचिव यज्ञप्रसाद भट्टराईले ‘निर्वाचन आचारसंहितामा भएका मुख्यमुख्य व्यवस्था, कार्यान्वयनको अवस्था र सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचरण’ विषयमा प्रस्तुतिसहित प्रशिक्षण दिएका थिए ।

यसैगरी सहसचिव राजेन्द्रकुमार केसीले ‘मतदाता शिक्षा विशेष कार्यक्रम, नमूना मतपत्र, मतदान गर्ने सही तरिका तथा मतपत्र बदर हुने अवस्था’, उपसचिव योगेश अर्यालले ‘आयोगले सञ्चालन गरेका सूचना प्रणाली वेभसाइटमा भएका सूचना एवं जानकारी तथा सामाजिक सञ्चालन अवलोकन र सञ्चालन गर्ने तरिकाबारे जानकारी’ र रजनीश भण्डारीले ‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका र दायित्व तथा सामाजिक सञ्जालको प्रयोग तथा अनुगमन’ विषयमा प्रस्तुतिसहित प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : १७ बजे

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६