१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन



काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको उल्लेखनीय भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार राति ९ बजेसम्म मात्रै ६ लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन् ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता पशुपति क्षेत्र विकास कोष का सुवास जोशीका अनुसार बिहान २ बजेदेखि नै दर्शनार्थीको घुइँचो सुरु भएको थियो र मध्यरातसम्म पनि भीड उस्तै रहेको थियो । “राति ९ बजेसम्म कम्तीमा ६ लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन्, संख्या अझै बढ्ने देखिन्छ,” उनले बताए। यस वर्ष महाशिवरात्रिमा करिब ८ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ ।

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि सिसी क्यामेरा र ड्रोनमार्फत निगरानी गरिएको थियो । सुरक्षाकर्मीको विशेष टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको कोषले जनाएको छ ।

भक्तजनको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै आपत्कालीन उद्धार टोली, दमकल र एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । दर्शनलाई सहज बनाउन एकैपटकमा ९ देखि १० जनासम्मले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

यस अवसरमा छिमेकी मुलुक भारतसहित विभिन्न स्थानबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन् । कोषका अनुसार यस वर्ष ३ हजारभन्दा बढी साधुसन्त पशुपति क्षेत्रमा आएका छन् ।

भक्तजनको सुविधाका लागि एम्बुलेन्स सेवा, ७० वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग का सुरक्षा अधिकारी व्यापक रूपमा परिचालन गरिएको छ । नेपाल प्रहरीको मूल शिविर भकुण्डोलमा र सशस्त्र प्रहरीको सुरक्षा कमान्ड पोस्ट पशुपति क्षेत्रको नासल चोकमा स्थापना गरिएको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले महाशिवरात्रीका दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पूजा-आराधना गर्ने परम्परा छ । यस दिन भगवान् शिवलाई प्रिय मानिने दूध, धतुरो र बेलपत्र चढाउने तथा रातभर जाग्राम बसेर भजनकीर्तन गर्ने धार्मिक विश्वास रहिआएको छ । महादेवलाई जाडो नलागोस् भन्ने जनविश्वासअनुसार विभिन्न स्थानमा धुनी बाल्ने परम्परासमेत कायम रहेको छ ।

महाशिवरात्री पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न कोष, सुरक्षा निकाय तथा स्वयंसेवकहरू सक्रिय रूपमा परिचालित भएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ८ : ०९ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना