२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस



ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी हालसम्म २३ उम्मेदवारले सिफारिस लिएका हुन् ।

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्चका लागि छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

ललितपुर क्षेत्र नं १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १२ स्वतन्त्र उम्मेदवार रहेका छन्, भने २५ पुरुष र तीन जना महिला उम्मेदवार छन् । ललितपुर क्षेत्र नं २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये सात जना स्वतन्त्र र १६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । यस क्षेत्रमा दुई जना महिला उम्मेदवार रहेका छन् ।

त्यसैगरी ललितपुर क्षेत्र नं ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएकोमा तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि हाल २० जना उम्मेदवार कायम रहेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ११ : २३ बजे

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न