२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सेतोपाटीमाथि कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं. ३ को निर्वाचन परिणामबारे पूर्वानुमानात्मक समाचार प्रकाशन गरेको विषयमा अनलाइन सञ्चारमाध्यम ‘सेतोपाटी’माथि आवश्यक कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई निर्देशन दिएको छ।

आयोगले २०८२ माघ ४ गते प्रेस काउन्सिल नेपाललाई पठाएको पत्रमा सेतोपाटी अनलाइनले चितवन–३ मा रेनु दाहाल पराजित हुने र सोविता गौतम विजयी बन्ने आशयको समाचार प्रकाशन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। आयोगका अनुसार यस्तो सामग्री निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) तथा दफा २५ को उपदफा (१) को खण्ड (ख) विपरीत देखिएको छ।

आचारसंहितामा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामसम्बन्धी मत सर्वेक्षण गर्न, त्यस्तो सर्वेक्षणको नतिजा घोषणा वा प्रकाशन गर्न तथा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन–प्रसारण गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ।

आयोगले सेतोपाटीबाट प्रकाशित सामग्री मतदातालाई प्रभावित पार्ने प्रकृतिको रहेको ठहर गर्दै आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई अनुरोध गरेको जनाएको छ। उक्त पत्रमा आयोगका कानुन अधिकृत मोहनराज जोशीले हस्ताक्षर गरेका छन्।

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनका लागि सञ्चारमाध्यमलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न पुनः सचेत गराएको छ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : ५१ बजे

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६