३ श्रावण २०८३, आइतबार | July 20, 2026

१३-औं ‘दीप गायन तारा’ को उपाधि साकार शाहीलाई



बुटवल । बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित १३-औं संस्करणको ‘दीप गायन तारा’ प्रतियोगिताको उपाधि साकार शाहीले जितेका छन् । प्रारम्भिक चरणबाट छनोट भएका १७ जना उत्कृष्ट प्रतिस्पर्धीलाई पछि पार्दै न्यू होराइजन मावि बुटवलका छात्र शाही उपाधि जित्न सफल भएका हुन् ।

उपाधिसँगै शाहीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा कान्ति माविका जेशन बराल द्वितीय र त्रिभुवन युनाइटेड एकेडेमीकी प्रज्ञा न्यौपाने तृतीय भएका छन् । त्यस्तै आवासीय महाविद्यालयका रिवाज सारु मगर र सिद्धार्थ मेमोरियल एकेडेमीकी मिलिसा परियारले सान्त्वना स्थान हासिल गरेका छन् । द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार तथा सान्त्वना स्थान हासिल गर्ने दुई जनाले जनही ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको छनोट चरण फागुन २ गते सम्पन्न भएको थियो, जसमा रुपन्देहीका सरकारी तथा निजी विद्यालयमा कक्षा १० सम्म अध्ययनरत ४५ जना विद्यार्थीले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए । तीमध्येबाट उत्कृष्ट १७ जना प्रतिस्पर्धी अन्तिम चरणका लागि छनोट भएका थिए । फाइनल चरणमा प्रतियोगीहरूले ट्रयाकसहित एउटा राष्ट्रिय गीत र एउटा स्वेच्छिक गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले ‘दीप गायन तारा’ रुपन्देहीकै नमुना कार्यक्रम भएको बताइन् । उनले बुटवललाई शिक्षाको केन्द्रका रूपमा विकास गर्न उपमहानगरपालिकाले उल्लेखनीय लगानी गरिरहेको उल्लेख गर्दै यस्ता रचनात्मक कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकास र प्रतिभा उजागर गर्न विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजूले शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र विकासलाई विद्यालयले प्राथमिकतामा राखेको उल्लेख गरे ।

प्रतियोगितामा वरिष्ठ सङ्गीतकार नारायणबहादुर थापा, सङ्गीत प्रशिक्षक नरहरि प्रेमी र वरिष्ठ सङ्गीतकार मनोज खड्का निर्णायकका रूपमा रहेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले गुरुवन्दना, गणेशवन्दना, स्वागत गीत तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षकद्वय विजय सापकोटा र राजश्री गौतमले गरेका थिए ।

वि.सं. २०३७ सालमा स्थापना भएको दीप बोर्डिङ हाई स्कुलले यसअघि पनि अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी, रिदिमा सिंजाली र विशेष भुर्तेलजस्ता प्रतिभाशाली कलाकार उत्पादन गरिसकेको छ । हाल यस विद्यालयमा करिब २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित मंगलबार आफ्नो ४५औँ वार्षिकोत्सव मनाउँदैछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ६ : १२ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग