बुटवल । बुटवलका मुस्लिम अगुवाहरुले मुस्लिम समुदायबाट पनि प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरिएको भन्दै खुसी व्यक्त गरेका छन् ।
नेकपा एमालेबाट बुटवलका एजाज आलमलाई मुस्लिम क्लष्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा समावेश गरिएको भन्दै खुसी व्यक्त गरेका हुन् ।
रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल र समानुपातिक उम्मेदवार एजाजको उपस्थितीमा मुस्लिम प्रचार प्रसार समितिले आयोजना गरेको वृहद भेलामा सहभागि मुस्लिम अगुवाहरुले विभिन्न सामाजिक क्षेत्रमा सक्रिय एजाज आलम समानुपातिक उम्मेदवार बनेकोमा बधाई समेत दिएका थिए ।
सो अवसरमा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका उम्मेदवार विष्णु पौडेलले आफु रुपन्देहीको समग्र विकास निर्माणका लागि निरन्तर प्रयत्नशिल रहेको बताए । बुटवलमा मुस्लिम समुदायको लागि कब्रस्तानको आवश्यकता रहेको भन्दै उनले आफुले विगतका गरेका हरेक प्रतिवद्धताहरु पुरा गरेको स्मरण गर्दै आगामी दिनमा पनि गरेका प्रतिवद्धता पुरा गर्ने दाबी गरे ।
उनले हरेक आस्था, धर्म र पेशा व्यवसायको आ आफ्नै महत्व र विशेषता हुने भन्दै सबै धर्म, आस्था र पेशा व्यवसायको सम्मान गर्नुपर्ने बताए । समानुपातिक उम्मेदवार एजाज आलमले आफु यहांका संघसंस्था, समुदाय र व्यक्तिको सहयोग र मायाँका कारण यहांसम्म आईपुगेको उल्लेख गर्दै सांसदको रुपमा संसदमा प्रतिनिधित्व गराउन पनि सहयोगको अपेक्षा गरेको बताए ।

















प्रतिक्रिया