२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

रुपन्देहीमा उन्नत गहुँ खेतीसम्बन्धी एकहप्ते तालिम, नयाँ जात र प्रविधिमा किसानलाई प्रशिक्षण



रुपन्देही । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत उन्नत गहुँ खेती प्रविधिसम्बन्धी एकहप्ते तालिम रुपन्देहीमा सञ्चालन गरिएको छ । देशका विभिन्न क्षेत्रबाट सहभागी भएका २५ जना किसानलाई सैद्धान्तिक तथा प्रयोगात्मक विधिमार्फत तालिम प्रदान गरिएको हो । तालिम यही महिनाको ११ गतेसम्म सञ्चालन हुनेछ ।

किसानलाई नयाँ विकसित गहुँका जात र आधुनिक खेती प्रविधिबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको कार्यक्रमका संयोजक रोशन बस्नेतले जानकारी दिए । उनका अनुसार प्रचार-प्रसारको अभावमा अझै पनि धेरै किसानले पुराना जातकै गहुँ प्रयोग गरिरहेका छन्, जसका कारण उत्पादन अपेक्षाअनुसार बढ्न सकेको छैन ।

तालिममा जलवायु परिवर्तन सहन सक्ने उन्नत गहुँका जात, भौगोलिक क्षेत्रअनुसार उपयुक्त जात छनोट गर्ने विधि, उत्पादन वृद्धि गर्ने प्रभावकारी उपाय तथा आधुनिक खेती प्रणालीबारे अभ्याससहित प्रशिक्षण दिइँदैछ । साथै बीउ व्यवस्थापन, मलखादको सन्तुलित प्रयोग र प्रभावकारी सिँचाइ व्यवस्थापनसम्बन्धी प्राविधिक ज्ञान पनि प्रदान गरिँदैछ ।

संयोजक बस्नेतका अनुसार नेपालमा खाद्य तथा पोषण सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्लो ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरिएका छन् । तीमध्ये केही जात सिफारिसको प्रक्रियामा रहेका छन् भने १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइसकिएको छ । तर, नयाँ जातबारे पर्याप्त जानकारी नपुग्दा किसानले पुरानै जात प्रयोग गरिरहेकाले उत्पादन घट्नुका साथै रोग र किराको जोखिम बढिरहेको वैज्ञानिकहरूको भनाइ छ ।

वैज्ञानिकहरूका अनुसार नयाँ जातहरू रोग, किरा तथा जलवायु परिवर्तनको प्रभाव सहन सक्ने क्षमतासहित विकास गरिएका हुन्, जसले उत्पादन वृद्धि र संक्रमण न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । हाल नेपालमा वार्षिक २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ भने करिब ४ लाख मेट्रिक टन गहुँ आयात गर्नुपर्ने अवस्था छ ।

तालिमपछि सहभागी किसानले सिकेका प्रविधि आफ्ना समुदायमा विस्तार गर्ने अपेक्षा गरिएको छ । सम्बन्धित निकायले उन्नत जातको प्रभावकारी विस्तार, मलखाद तथा सिँचाइ व्यवस्थापनमा सुधार गर्न सके भविष्यमा नेपाल गहुँ उत्पादनमा आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ६ : २३ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि