२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

पशुपतिनाथ मन्दिरमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ



काठमाडौं । महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१३, चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले ड्युटीमा खटिएका एक प्रहरीलाई लात्ती प्रहार गर्दै छातीमा आक्रमण गरेका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक रूपमा भाइरल बनेको थियो ।

यसअघि मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानका लागि सर्वसाधारणसँग सहयोगसमेत माग गरेको थियो । सोही आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले आक्रमणमा संलग्न युवकलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १२ : ५६ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि