९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

नेपाल पत्रकार महासंघ रुपन्देहीको अपिल : निर्वाचनमा पत्रकारलाई भयरहित वातावरण सुनिश्चित गरियोस्



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले भय रहित बातावरणमा आसन्न प्रतिनिधिसभा निर्वाचनको समाचार संकलन गर्ने ब्यवस्था मिलाउन सबैमा अपिल गरेको छ । महासंघले एक अपिल प्रकाशित गर्दै निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर र महत्वपूर्ण उत्सव भएको उल्लेख गर्दै यो ऐतिहासिक अवसरमा नागरिकलाई सुसूचित गराउन अहोरात्र खटिएका सञ्चारकर्मीहरूलाई दवाव र त्रास नदेखाउन आग्रह गरिएको छ ।

महासंघ रुपन्देही साखा सचिव सिपी खनालले जारी गरेको अपिलमा निर्वाचनलाई पारदर्शी एवं मर्यादित बनाउन र नागरिकलाई सुसुचित बनाउन खटिएका पत्रकारहरूमाथि बढ्न सक्ने सम्भावित दबाब, धम्की र असुरक्षाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेखछ ।

महासंघले भनेको छ प्रेस स्वतन्त्रता र लोकतन्त्र एकै सिक्काका दुई पाटा हुन्। जबसम्म सञ्चारकर्मीले भयरहित र स्वतन्त्र वातावरणमा सत्य तथ्य सूचना प्रवाह गर्न पाउँदैनन्, तबसम्म निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठिरहन्छ । राजनीतिक दलहरू र तिनका उम्मेदवारहरूले लोकतन्त्रको चौथो अंगका रूपमा रहेका पत्रकारहरूको सुरक्षा र सम्मानलाई पनि आफ्नो मुख्य एजेण्डा बनाउनु आवश्यक छ ।

महासंघले निर्वाचनलाई मर्यादित र भयरहित बनाउन सबै पक्षबाट पूर्ण सहयोगको अपेक्षा गर्दछौं । लोकतन्त्रको सुदृढीकरण र रक्षाका लागि सदैव क्रियाशिल पत्रकारहरुको सुरक्षा र प्रेस स्वतन्त्रताको सम्मानका लागि हार्दिक अपिल गर्दै भनेको छ :

१. प्रेस स्वतन्त्रताको सम्मान : पत्रकारहरू कुनै पनि राजनीतिक दलका प्रतिस्पर्धी होइनन्। समाचार संकलन र सम्प्रेषणकै आधारमा पत्रकारलाई त्रसित बनाउने, मानसिक वा भौतिक दबाब दिने र सूचना प्रवाहमा अवरोध पुर्‍याउने कार्य तत्काल बन्द गरियोस् ।

२. मर्यादित व्यवहारको प्रत्याभूति : निर्वाचन प्रचार९प्रसारका क्रममा वा मतदानको समयमा पत्रकारहरूमाथि हुन सक्ने कुनै पनि प्रकारका अभद्र व्यवहार र भौतिक आक्रमणका घटना हुन नदिन राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताहरूलाई संयमित र मर्यादित हुन निर्देशन दिनुहोस् ।

३. विधिको शासनको पालना : सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझेमा कानुनी उपचार खोज्ने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने प्रावधान छ। तर त्यसको सट्टा पत्रकारहरु माथी बिभिन्न ढंगले शक्तिको प्रयोग गर्न खोज्ने घटना हुन थालेका छन् । बल प्रयोग वा धम्कीको शैली अपनाउनु लोकतान्त्रिक संस्कार विपरित हो ।

४. सूचनाको हकको सम्मान : नागरिकलाई सही र तथ्यपरक सूचना पाउने संवैधानिक हक छ । सो हकको कार्यान्वयनका लागि पत्रकारलाई सहज रूपमा सूचना उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।

५. भयरहित वातावरण बनाउनुहोस् : आफुहरुका बिरुद्ध कसैले समाचार नलेखोस भन्ने उदेश्यले कतिपय दलका कार्यकर्ताहरुले सामाजिक सञ्जालको प्रयोग गरेर पत्रकारहरु बिरुद्ध गालि गलौज गर्ने र आफ्नो नियन्त्रणमा राख्न खोज्ने गरेको पाईएको छ । यस प्रकारको धम्की, गालीगलौज वा सामाजिक सञ्जालमार्फत गरिने लाञ्छनाहरू स्वीकार्य हुन सक्दैन् तसर्थ त्यस खालका घृणित क्रियाकलापहरुमा नलाग्न सबैमा अपिल गर्दछौं ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ७ : ४६ बजे

बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम

बुटवल । बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो

सुदूरपश्चिममा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुदूरपश्चिम । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार

नेपाल पत्रकार महासंघ रुपन्देहीको अपिल : निर्वाचनमा पत्रकारलाई भयरहित वातावरण सुनिश्चित गरियोस्

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले भय रहित बातावरणमा आसन्न

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका