९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस



काठमाडौं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।

बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारी प्रवद्र्धन गर्नु यो दिवसको उद्देश्य हो ।

यो दिवस सन् २०००देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) महासभाको आह्वानमा हरेक वर्ष फेब्रुवरी २१ मा मनाइन्छ । सन् १९९९ मा बङ्गलादेशलको पहलमा युनेस्कोले मातृभाषा दिवस मनाउने प्रस्ताव अघि सारेको हो । यो प्रस्तावलाई राष्ट्रसङ्घीय महासभाले सन् २००८ अनुमोदन गर्दै यसलाई अन्तरराष्ट्रिय भाषा वर्ष घोषणा गरेको थियो ।

यसैबीच, अन्तरराष्ट्रिय भाषा दिवसका अवसरमा यहाँस्थित बङ्गलादेशको राजदूतावासले सहिद स्मृति दिवसका साथ एक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

शुक्रबार यसै अवसरमा भाषा आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा एक कार्यक्रम आयोजना गरेको थियो । त्यस अवसरमा उक्त मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका साथै नेपालका लागि बङ्गलादेशका राजदूत शफीकुर रहमान उपस्थित थिए ।

युनेस्कोका अनुसार भाषाका माध्यमबाट विकासमा, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न, सहकार्य सुदृढ बनाउन र सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १२ : २३ बजे

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष

दुई समुदायबीच तनाव चर्किएपछि रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरका विभिन्न क्षेत्रमा

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

सप्तरीमा एमालेको झण्डा जलाउने एक निर्वाचन प्रहरी पक्राउ

सप्तरी । सप्तरीमा एक जना निर्वाचन प्रहरीले नै एमालेको चुनाव

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा