२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप



विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमलाई लिएर नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने उक्त स्थानमा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्तासँग जम्काभेट भएपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ।

प्रारम्भमा दुवै पक्षका युवाहरूबीच भनाभन भएको र केहीबेरमै स्थिति हातहालाहालसम्म पुगेको थियो। कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताबीच झडप उग्र बन्दै गएपछि सुरक्षामा खटिएको प्रहरीले बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार झडपमा संलग्न व्यक्ति छिमेकी भए पनि फरक राजनीतिक आस्थाका कारण विवाद उत्पन्न भएको हो।

प्रहरीको हस्तक्षेपपछि हाल सो क्षेत्रको अवस्था सामान्य रहेको र निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था थप कडा पारिएको जनाइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  २ : ५० बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

‘शिक्षालय र कर्मचारीतन्त्रमा राजनीति निषेध’ : पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान