७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

बुटवलको देवीनगरमा रहेको गार्गी एकेडेमीले १६ औँ स्थापना दिवस मनायो



बुटवल । बुटवल-११ देवीनगरस्थित गार्गी एकेडेमीले बृहत् साँस्कृतिक तथा पुरस्कार वितरणसँगै विविध कार्यक्रम आयोजना गरी १६ औँ स्थापना दिवस मनाएको छ । शनिबार आयोजना गरीएको मुल समारोहको प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले उद्घाटन गरे ।

सोही अबसरमा बोल्दै उनले बालबालिकाहरुलाई औपचारिक शिक्षा मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीमा रहेको प्रतिभा पहिचान र प्रवद्र्धन आजको आवश्यकता भएको बताए । यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे । विद्यार्थीहरुले प्रस्तुत गरेका हरेक क्रियाकलाप अब्बल रहेको भन्दै अध्यक्ष पाण्डेले अरु विद्यालयहरुले पनि यस्ता कार्यक्रम आयोजना गर्न जरुरी रहेको बताए ।

हिसान नेपालका केन्द्रीय सदस्य तथा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले शैक्षिकसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्र अधिकारीले गार्गी एकेडेमी शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको समग्र विकासमा केन्द्रित रहेको बताए । शिक्षक, विद्यार्थी र अभिभावकको मिहेनत र लगनशिलताका कारण विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यालयले शैक्षिक गुणस्तरका साथै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकभन्दा माथि उठेर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । शिक्षा क्षेत्रमा नवीन तथा सिर्जनात्मक अभियान सञ्चालन गर्दै विद्यार्थीहरुको नेतृत्व विकास र व्यक्तित्व निर्माणमासमेत विशेष जोड दिँदै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको उनले बताए । प्राचार्य अधिकारीले गत वर्षको एसईई परीक्षामा २ जना विद्यार्थीले ४ जीपीएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको बताए । स्थापनाको छोटो समयमै बुटवल उपमहानगरपालिका भित्र ‘क’ वर्गमा पर्न सफल भएको यस विद्यालयले कक्षाकोठालाई प्रविधिमैत्री बनाउँदै हरेक कक्षाकोठामा ‘मिनी लाइब्रेरी’ र डिजिटल पठनपाठनको अबधारणा अघि सारेको छ ।

कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपाने, बिद्यालयका सल्लाहकार संयोजक रणबहादुर थापा, सल्लाहकारद्वय राजेन्द्र ढकाल र चन्द्रमणि अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए ।

सोही अबसरमा बिभिन्न क्षेत्रमा उत्कृष्ट हुन सफल भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी सम्मानसमेत गरीएको थियो । गत वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउन सफल भएका विद्यार्थी आर्यन पल्ली र कौशल गौतम तथा ३.९६ जीपीए ल्याउन भफल भएका सम्पन्न श्रेष्ठलाई २५ हजार नगदसहित मेडलद्धारा पुरस्कृत तथा सम्मान गरीएको थियो । यस्तै कक्षा ८ को नगरस्तरीय बोर्ड परिक्षामा ४ जीपीए ल्याउन सफल भएका दिवस पौडेल, प्रविन कुँवर र रितिक ढकाल तथा ३.९७ जीपीए ल्याउन सफल भएका आयुष अधिकारीलाई सम्मान गरीएको थियो ।

सोही अबसरमा विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापसँगै राष्ट्रपति रनिङ शिल्ड तथा जिल्ला र प्रदेशले आयोजना गर्ने बिभिन्न प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थी नमिता भुसाललाई ‘एथलिट अफ द इयर’बाट सम्मान गरीएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक भिाबहादुर चौधरीले जानकारी दिए । यस्तै विद्यालयका मावि संयोजक शिक्षक समिर अधिकारी तथा उत्कृष्ट नतिजा ल्याएका अन्य विद्यार्थीहरुलाईसमेत सम्मान गरीएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न साँस्कृतिक तथा विभिन्न सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । १६ वर्ष अघि २ सय जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा हाल २ हजार ७६० विद्यार्थी अध्ययनरत छन् । कार्यक्रम गार्गी चाइल्ड क्लबका सचिव आयुष अधिकारीको स्वागत तथा मावि संयोजक शिक्षक समिर अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : ११ बजे

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा – तीन दिनको पदमार्ग चार घण्टामा

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा स् तीन दिनको

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर । कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको

चितवनमा मह उत्पादनमा कमी

चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी,

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट