१९ असार २०८३, शुक्रबार | July 3, 2026

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ



बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई सरकार गठन गर्ने जनादेश प्राप्त भए अरूले दशकौँसम्म गर्न नसकेको काम एक वर्षभित्रै गरेर देखाउने दाबी गरेका छन् ।

भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले देशको शासन सञ्चालन, प्रशासन व्यवस्थापन तथा विकासको स्पष्ट दृष्टिकोण आफ्नो पार्टीसँग रहेको बताए । उनले देशलाई समृद्धि र विकासको दिशामा अघि बढाउन उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।

उनले राज्य सञ्चालनका लागि आवश्यक प्रशासनिक, राजनीतिक तथा नेतृत्व क्षमतासहितको टोली आफ्नो पार्टीसँग रहेको उल्लेख गर्दै अब मतदाताले नयाँ विकल्प रोज्ने समय आएको बताए । “हामीसँग ब्यूरोक्रेसी, राजनीति, मन्त्रालय र प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने क्षमता छ,” उनले भने, “अहिलेसम्म धेरै नेता र पार्टीलाई मतदान गरिसक्नुभएको छ, अब देशको भविष्य सुनिश्चित गर्ने नेतृत्व छान्ने समय आएको छ ।”

घिसिङले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेपछि देशभरको लोडसेडिङ अन्त्य गरेको अनुभव स्मरण गर्दै अब देशका अन्य क्षेत्रमा रहेका समस्याको अँध्यारो हटाउने लक्ष्यका साथ उज्यालो नेपाल पार्टी अघि बढेको बताए । उनले गरिब तथा विपन्न वर्गको जीवनस्तर सुधार गर्दै देशलाई समृद्ध बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए ।

कार्यक्रमका क्रममा उनले पार्टीलाई सशक्त नेतृत्वमा पुर्‍याउन सबै उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरेका थिए ।

सो अवसरमा घिसिङ रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार इन्जिनियर सुरज पाण्डेको घरदैलो कार्यक्रममा समेत सहभागी भएका थिए । उनले बुटवलका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका योजना र उद्देश्यबारे जानकारी गराएका थिए ।

उज्यालो नेपाल पार्टीले सुशासन, ऊर्जा विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक समृद्धिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेको जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ७ : ३० बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि