३० श्रावण २०८३, शनिबार | August 15, 2026

गोकर्ण विष्टको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’



गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोकर्ण विष्टले पार्टीका नेता तथा कार्यकर्तालाई संयमता अपनाउन निर्देशन दिएका छन् । घरदैलो अभियानका क्रममा उनले मतदाताको विचारको सम्मान गर्दै शिष्ट र प्रभावकारी ढंगले आफ्ना कुरा राख्न आग्रह गरे ।

लोकतन्त्रमा आफ्ना विचार सभ्य र मर्यादित ढंगले प्रस्तुत गर्दै जनताको मत जित्नु नै सुन्दर पक्ष भएको उल्लेख गर्दै उनले भावना र उत्तेजनामा नआई सूर्य चिन्हको पक्षमा मत माग्न नेता-कार्यकर्तालाई निर्देशन दिए ।

उनले अराजक गतिविधिले कसैलाई पनि लक्ष्यमा पुर्‍याउन नसक्ने उल्लेख गर्दै स्वच्छ र स्वस्थ प्रतिस्पर्धा नै लोकतान्त्रिक अभ्यासको उत्तम विकल्प भएको बताए । साथै उनले विगतमा पटक-पटक संसद् र सरकारमा पुग्न आम मतदाता तथा पार्टी कार्यकर्ताको माया र विश्वासले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

विष्टले आफूले पाएको जिम्मेवारीलाई सदैव मतदाताको हितमा प्रयोग गरेको दाबी गर्दै आगामी दिनमा आफ्नो भूमिका अझ विस्तार भए पनि त्यसले निर्वाचन क्षेत्रका नागरिकलाई थप फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

‘म अहिले जुन स्थानमा पुगेको छु, त्यो आम नेता-कार्यकर्ताको माया, विश्वास र सद्भावकै कारण सम्भव भएको हो,’ उनले भने, ‘आगामी दिनमा मेरो भूमिका अझ सशक्त बन्दै जाँदा निर्वाचन क्षेत्रका नागरिकलाई थप लाभ पुग्नेछ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : ४८ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर