११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

आज बिहान गैँडाकोट नगरपालिका-७ जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका-११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

कावासोती नगरपालिका-१७ बस्ने १७ वर्षको राज विक गम्भीर घाइते भएका छन् । गैँडाकोटबाट रजहर तर्फ जाँदै गरेको ना ६३ प ९३९० नं को मोटरसाइकल डिभाइडरमा ठक्कर खाइ पल्टिँन जाँदा सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४६१ नं को बसले सोही मोटरसाइकललाई ठक्कर दिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार दुवै जनालाई गम्भीर अवस्थामा उपचारको लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा मोटरसाइकल चालक बिजेन पुलामीलाई चिकित्सकले मृत घोषण गरेका हुन् । अर्का घाइतेको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : ४३ बजे

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २

तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि उकालो लागेको

दुई समुदायबीच झडपको आशंकापछि वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँरवीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक