२५ भदौ २०८३, बिहिबार | September 10, 2026

दुई समुदायबीच झडपको आशंकापछि वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू



काठमाडौँरवीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

आइतबार दुई समुदायबीच भएको झडपले उग्र रूप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यू लागू गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू घोषणा गरिएको हो। आदेश उल्लंघन गरी तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

प्रशासनले कर्फ्यूको सीमा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म निर्धारण गरेको जनाएको छ।

यद्यपि अत्यावश्यक सेवामा संलग्न सवारीसाधनलाई भने सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ। एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा कर्मचारी, पर्यटक सवारीसाधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन र वैध हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।

झडपपछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने प्रशासनले सर्वसाधारणलाई संयमित रहन र शान्ति–सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : ५५ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको