१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

नेविप्रा राष्ट्रिय कर्मचारी युनियन लुम्बिनीको १२ औँ अधिवेशन सम्पन्न



बुटवल । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारि युनियन लुम्बिनी प्रदेश समितिको १२ औँ अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुटवलमा सम्पन्न अधिवेशनले पुनः टेकबहादुर बुढा मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनको उद्घाटन समारोहमा बोल्दै केन्द्रिय अध्यक्ष रामेश्वोर प्रसाद पौडेलले आम जनतालाई प्रदान गरिने शेवालाई चुस्तदुरुस्त बनाउन सबै ट्रेड युनियन कर्मीहरुको साथ आवश्यक रहेको बताए । उनले नेविप्रामा मात्र नभई नेपालको समग्र ट्रेड युनियन आन्दोलनको रोल मोडलको राष्ट्रिय कर्मचारि युनियन कुनै पनि अमुक दल वा पार्टीसँग आवद्ध नभइ राजनितिक रुपमा स्वतन्त्र भइ आफ्ना गतिबिधी गर्दै आएकाले आम कर्मचारिहरुको साथ समर्थन प्राप्त गरिरहेको बताए ।

नवनिर्वाचित बुढा मगरले नेपाल विद्युत प्राधिकरणको शेसालाई सहज र उत्कृष्ट एवम् जनमैत्री बनाउनको लागि आफूहरु सधै व्यवस्थापनको सहयोगी र निकट रहेर रचनात्मक सहयोग गरिरहेको उल्लेख गरे । यसैगरी कर्मचारिहरु असल सहयात्रीको रुपमा यस युनियनको उचाइलाई बढाउन आफ्नो क्रियाशिलतालाई अझ सुदृढ एवम् परिस्कृत गर्दै लैजाने प्रतिवद्धता जनाए ।

राष्ट्रिय कर्मचारी युनियनको विधानतः कुनै अमुक राजनीतिक दल र पार्टीसँग आवद्धता नरही नितान्त आम कर्मचारीहरुको सेवा, सुबिधा र वृत्तिबिकास एबम संस्थाको संस्थागत उन्नतिका सवालमा सधै अग्र पङ्तिमा रहेको स्मरण गराउँदै आगामी दिनहरुमा अझ सशक्त रुपमा उभिने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रम प्रदेश सचिव गोपाल प्रसाद भट्टराईको सञ्चालन तथा उपाध्यक्ष कल्पना ज्ञवालीको स्वागतमा सम्पन्न भएको थियो । अधिवेसनबाट २० जना केन्द्रिय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : ०४ बजे

नेपालका सडक मृत्युको पासो कि विकासको आधार ?

काठमाडौँ । नेपालमा सडक दुर्घटना कुनै नौलो कुरा रहेन ।

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गुल्मी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

दोलखा एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । नेकपा एमाले निकट मुक्ति समाज दोलखाका नेताहरु तथा

फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योस् : गृहमन्त्री अर्याल

काठमाडौं । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा