१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगले मतपेटिका संकलन सम्पन्न भएपछि द्रुत गतिमा मतगणना गरी नतिजा घोषणा गर्ने तयारी गरेको जनाएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधिसभाको मात्र निर्वाचन भएकाले परिणाम सार्वजनिक गर्न धेरै समय नलाग्ने बताए । उनका अनुसार समानुपातिकतर्फको मतगणनामा एक-दुई दिन लाग्न सक्ने भए पनि प्रत्यक्षतर्फको नतिजा मतपेटिका संकलन भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी गणनास्थलमा पुर्‍याइने र गणनालाई तीव्र रूपमा अघि बढाइने आयोगको योजना छ। उपत्यकाबाहिर मतपत्र पठाउने कार्य सम्पन्न भइसकेको तथा काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म मतपत्र पुर्‍याउने काम भइरहेको आयोगले जनाएको छ ।

मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामग्री बुझेर उनीहरू सम्बन्धित मतदान केन्द्रतर्फ खटिने कार्यक्रम रहेको छ। आयोगले निर्वाचन तयारीका सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरी कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जनाएको छ । मतपत्र छपाइदेखि ढुवानीसम्मका कार्य सकिएको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिन थालेको आयोगको भनाइ छ ।

हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारणबारे भने अझै निर्णय हुन बाँकी रहेको जनाइएको छ । भौगोलिक विकटता तथा प्रतिकूल मौसमलाई ध्यानमा राख्दै मतदातालाई मतदानबाट वञ्चित हुन नदिने गरी आवश्यक निर्णय गरिने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले स्पष्ट पारे ।

“यदि त्यस्तो अवस्था आयो भने, जहाँ मतदाता हुनुहुन्छ त्यहीँ पुगेर मत संकलन गर्ने गरी आयोगले निर्णय गर्छ,” उनले भने ।

निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन उनले आग्रह गरेका छन् । साथै राजनीतिक दलहरूलाई निषेधको राजनीति नगर्न चेतावनी दिँदै स्वच्छ प्रतिस्पर्धाबाट मात्रै असल नेतृत्व चयन हुने धारणा व्यक्त गरे ।

आयोगका अनुसार यही २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : १९ बजे

नेपालका सडक मृत्युको पासो कि विकासको आधार ?

काठमाडौँ । नेपालमा सडक दुर्घटना कुनै नौलो कुरा रहेन ।

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गुल्मी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

दोलखा एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । नेकपा एमाले निकट मुक्ति समाज दोलखाका नेताहरु तथा

फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योस् : गृहमन्त्री अर्याल

काठमाडौं । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा