१७ असार २०८३, बुधबार | July 1, 2026

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ



पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्ने बताएका छन् ।

उज्यालो नेपाल पार्टीले आज पाँचथरको फिदिममा आयोजना गरेको ‘उज्यालो युग घोषणासभा’ मा उनले जलविद्युत्को व्यापक विकासमार्फत विदेशी मुद्रा आर्जन र स्वदेशमा कृषि तथा उत्पादन बढाइ समृद्धि हासिल गर्न सकिने बताए ।

अध्यक्ष घिसिङले भारत तथा बङ्गलादेशमा विद्युत् बिक्रीमार्फत मुलुकले लाभ लिन थाल्नु यसैको उदाहरण भएको उल्लेख गरे । पूर्वी नेपाल जलविद्युत् उत्पादनका लागि भण्डारका रूपमा रहेको भन्दै उनले तमोर जलाशययुक्त आयोजना निर्माणमार्फत पूर्वी पहाडको मुहार फेर्न सकिने बताए ।

अध्यक्ष घिसिङले भने, “विद्युत् उत्पादन बढाइ स्वदेशमा उद्योग स्थापना र सञ्चालन तथा कृषि क्षेत्रमा बढीभन्दा बढी उपयोग गर्ने वातावरण बनाउनुपर्छ । मेरै योजनामा लोडसेडिङ अन्त्य गर्ने, जलविद्युत् आयोजनामा स्थानीयवासीले शेयर पाउने व्यवस्था गर्नेजस्ता व्यवस्था गरिएकाले अब त्यसको थप कार्यान्वयन गर्न लाग्छौँ ।”

उनले कृषि उपजको न्यूनतम समर्थन मूल्य र उत्पादनको संरक्षणमार्फत कृषिमा रोजगारी वृद्धिका लागि पनि आफ्नो दलले घोषणापत्रमार्फत स्पष्ट खाका ल्याएको बताए । कार्यक्रममा उक्त दलका उम्मेदवार डा महेन्द्र लावती, टेकबहादुर सुब्बा लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ११ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज