१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

विष्णुप्रसाद पौडेललाई बुटवल-९ मा उत्साहजनक स्वागत, कालिकापथलाई रात्रीकालीन बजार बनाउने प्रतिबद्धता



बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले रुपन्देही-२ ले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ । घरदैलो अभियानमा सहभागी एमाले उपाध्यक्ष तथा उम्मेदवार विष्णुप्रसाद पौडेललाई बुटवल उपमहानगरपालिका-९ मा युवादेखि ज्येष्ठ नागरिकसम्मले फूलमाला, टीका र खादा लगाएर स्वागत गरेका छन् ।

घरदैलो अभियानअन्तर्गत बिहीबार बिहान आयोजित भेटघाट कार्यक्रममा विशेषगरी जेनजी समूहका युवाहरूले पौडेललाई उत्साहका साथ स्वागत गरेका थिए । त्यस्तै, ज्येष्ठ नागरिकहरूले अँगालो मारेर आशिर्वाद दिएका थिए । स्वागतका क्रममा भावुक बनेका मतदाताको मायाले उम्मेदवार पौडेल स्वयं पनि भावुक देखिएका थिए ।

बुटवल-९ को कालिकापथ क्षेत्रका विभिन्न स्थानमा मतदाताहरू टीका, माला र खादा लिएर उम्मेदवारको प्रतीक्षामा बसेका थिए । कार्यक्रममा एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीको नेतृत्वमा सयौं कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो । मतदाताहरू घर-घरबाट निस्किएर सक्रिय रूपमा सहभागिता जनाएका थिए ।

घरदैलो कार्यक्रमअन्तर्गत आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले कालिकापथ क्षेत्रलाई रात्रीकालीन बजारका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सडक बत्ती जडान, सुरक्षा व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माण गरी उक्त क्षेत्रलाई दिन-रात सक्रिय रहने व्यावसायिक केन्द्रका रूपमा विकास गरिने बताए ।

पौडेलले बुटवललाई पर्यटकीय शहरका रूपमा विकास गर्ने योजना अघि बढाइएको उल्लेख गर्दै समग्र रुपन्देहीको विकासका लागि आवश्यक योजनाहरू क्रमशः कार्यान्वयन गरिने बताए । साथै, विकासका लागि सुझाव दिन मतदातालाई आग्रह गर्दै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी, तिनाउ नदी व्यवस्थापनमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको उनले जानकारी दिए । नदी कटान नियन्त्रणका लागि चेकवाल निर्माण भइरहेको उल्लेख गर्दै अब नदीलाई जोखिमको स्रोत नभई विकासको आधार बनाइने बताए ।

निर्वाचनको मिति नजिकिँदै जाँदा एमालेप्रति मतदाताको आकर्षण बढ्दै गएको दाबी गर्दै एमाले रुपन्देही-२ निर्वाचन परिचालन समितिका सह-संयोजक तथा युवा परिचालन समितिका संयोजक राजु गुरुङले जनताको समर्थनले जित सुनिश्चित भएको बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  १२ : ५५ बजे

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।