काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास क्षेत्रमा रहेको थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ ।
हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । दुवै जिल्लाका सुरक्षा निकायले अवस्था सामान्य रहेको जनाउँदै सम्भावित क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको बताएका छन् ।


















प्रतिक्रिया